Madhes Khabar
राजनीति

पर्साको भौराटारमा रास्वपाको भेलामा सुशीलले भने : भ्रष्टचार अन्त्य र सुशासन मेरो मूल एजेन्डा हो

वीरगन्ज,१२माघःपर्सा क्षेत्र नम्बर २ मा पर्ने बहुदरमाई नगरपालिका वडा नम्बर ६ भौराटारमा रास्वपा उम्मेदवार सुशीलकुमार कानुको विशेष उपस्थितीमा कार्यकर्ता भेला सम्पन्न भएको छ ।

सोमबार बेलुकी आयोजित रास्वपाको नगरपालिकास्तरीय अगुवा कार्यकर्ता भेलामा बोल्दै रास्वपा उम्मेदवार कानुले भ्रष्टचार अन्त्य र सुशासन नै रास्वपाको मुख्य एजेन्डा रहेको बताए । पुराना दलहरुकै चरम भ्रष्टचारका कारण जनताले अब देशमा युवा नेतृत्व खोजेको भन्दै कानुले आगामी निर्वाचनमा रास्वपाले भ्रष्टाचारको कुनैपनि दाग नलागेका युवाहरुलाई उम्मेदवार बनाएको बताए ।

पर्सा–२ मा पनि जनताले परिवर्तन खोजेकै कारण रास्वपाप्रति जनलहर बढेको भन्दै उनले भने,‘ जुनदिन देखि म मतदाताका बीचमा गाँउ गाँउमा गइरहेको छु, युवादेखि बुद्धासम्मले अपार माया र भरोसा देखाइरहनु भएको छ । उहाँहरुको एउटै मात्र चाहना छ पर्सा–२ मा यसपालि परिवर्तन हुनुपर्छ ।’

कानुले रास्वपा र यो दलको नेतृत्व रवि लामिछाने र बालेन शाहप्रति बढ्दो जनलहरलाई फागुन २१ को निर्वाचनसम्म कायम राख्न सम्पूर्ण कार्यकर्ता र समर्थकहरुलाई आग्रहपनि गरे ।
रास्वपाका नगर अध्यक्ष चन्दन यादवको अध्यक्षतामा भएको उक्त कार्यक्रममा रास्वपाका क्षेत्रीय सभापति, क्षेत्रीय उपसभापति, वडा स्तरका नेता लगायतकाकोपनि सहभागिता थियो ।

Related posts

विपी स्मृति दिवसका दिन पर्सामा कांग्रेसले १५ हजार विरुवा रोप्ने

MadhesKhabar

मधेसकेन्द्रित दलहरूलाई एकठाउँमा गाेलबद्ध हुन लाेसपा वरिष्ठ उपाध्यक्ष साेनलकाे अपिल

MadhesKhabar

वीरगन्ज महानगरका मेयर सरावगीले राजीनामा दिए

MadhesKhabar

Leave a Comment