Madhes Khabar
मधेस प्रदेश हेडलाइन

सिके राउतकाे शपथ थप विवादित : आयाेगले संसद सचिवालयलाई साेध्याे स्पष्टीकरण

मधेसखबर
वीरगन्ज ,०८ पुस: मधेसी आयोगले जनमत पार्टीका अध्यक्ष डा.सी.के. राउतसहित केही प्रतिनिधिसभा सदस्यहरुलाई मधेसी भाषामा शपथ लिन मान्यता दिएको भन्दै संघीय संसदको सचिवालयलाई स्पष्टीकरण सोधेको छ ।

पुस ७ गतेको संसद भवनमा चन्द्रकान्त राउत (सीके)सहित केही प्रतिनिधि सभाका सदस्यहरुले भाषा आयोग तथा मधेसी आयोगद्वारा सूचीकृत नरहेको ‘मधेसी भाषा’मा शपथ लिएको भन्दै आयोगकी उपसचिव सविता डंगोलले संघीय संसदको सचिवालयलाई शुक्रबार पत्र पठाएकी हुन् ।

 

पत्रमा भनिएको छ, ‘ हालसम्म‍ भाषा आयोगबाट प्रकाशित ‘मधेसी भाषा’ सुचिकृत नभएको देखिएकोले सो भाषामा प्रतिनिधि सभाका सदस्‍यहरुले औपचारिक कार्यक्रममा शपथ लिनु गम्भीरताको विषय रहेको साथै नेपालमा विद्यामान रहेका सूचीकृत अन्‍य भाषाहरुमाथि नकारात्मक प्रभाव परेको देखिन्छ। सो सम्बन्धमा यस आयोगलाई श्री संघीय संसदको सचिवालयले कुन आधारमा मधेसी भाषामा शपथ लिन मान्‍यता दिएको भनी स्पष्ट हुने गरी जानकारी गराइदिन हुन निर्देशानुसार अनुरोध गरिएको छ ।’

यस्तै मधेसी आयोगका अध्यक्ष डा.विजयकुमार दत्तले शपथ ग्रहण समारोह पछि दर्जनौ संघ-संस्थाहरुले फोन सम्पर्क गरी मधेसी भाषा औपचारिक रुपमा सूचीकृत नरहेको उक्त शपथ अवैध रहेको बताए । उनले भने, ‘भाषा आयोग र मधेसी आयोगमा मधेसी भाषा भन्‍दै कही सूचीकृत नभएको भाषामा कसरी शपथ गराइयो ? यो त अवैध भयो नि त।’ साभार:अनलाइनखबर

Related posts

पाेखरिया अस्पतालाई ५० शैयामा स्तराेन्नत्ती गर्दै प्रादेशिक अस्पताल बनाउने सरकारकाे निर्णय

MadhesKhabar

मातृत्व जोगाउने अभियान अन्तर्गत पाठेघरको मुखको क्यान्सरबारे निशुल्क शिविर गर्नेलाई मुख्यमन्त्रि सिँहले दिए धन्यवाद

MadhesKhabar

मधेस : एमालेका सांसद ठाकुरविरुद्ध भ्रष्टाचार मुद्दा दायर

MadhesKhabar

Leave a Comment