Madhes Khabar
मधेस प्रदेश

राैतहटमा माेहर्रम पर्व मनाउने क्रममा १९ जना सुरक्षाकर्मी घाइते

तस्बिर :एपिएफ

राैतहट,३साउन:रौतहटको राजपुर नगरपालिकाको कुडिया गाउँमा मोहर्रम पर्व मनाउने क्रममा भएको झडपमा १९ जना सुरक्षाकर्मी घाइते भएका छन्।

राजपुर नगरपालिका-६ कुडियामा मुस्लिम समुदायले दाहा मनाउने क्रममा उच्छृंखल गतिविधि भई धकेलाधकेलको स्थिति सिर्जना भएको थियो।

केही युवाहरू उच्छृंखल भइरहँदा प्रहरी प्रशासनले माइकिङ गरेर शान्त रहन आग्रह गरेका थिए।त्यही क्रममा सुरक्षाकर्मीमाथि ढुंगा प्रहार भएपछि स्थिति तनावग्रस्त बनेको थियो। जसबाट नेपाल प्रहरी र सशस्त्र प्रहरीका १९ सुरक्षाकर्मी घाइते भएका हुन्।

दाहा मनाउने क्रममा करिब पाँच हजारभन्दा बढी मुस्लिम समुदायका मानिसको उपस्थिति थियो। स्थिति नियन्त्रणमा लिन १२० जनाकाे प्रहरी टोली खटिएका थिए। स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्याँस र ब्याक हवाई फायर गरेका थिए। त्तपश्चात् स्थितिलाई नियन्त्रण आएकाे प्रहरीले जनाएकाे छ।

बिहीबार साँझ साढे ६ बजेदेखि करिब ८ बजेसम्म कुडियाको स्थिति तनावग्रस्त रह्यो।

नेपाल प्रहरीका रौतहट प्रमुख प्रहरी उपरीक्षक दिलीप घिमिरे र सशस्त्र प्रहरीका बलका प्रहरी उपरीक्षक विक्रम हुमागाईँको संयुक्त कमान्डमा सुरक्षाकर्मी परिचालित भएका थिए। ढुंगा प्रहारबाट नेपाल प्रहरीका १७ र सशस्त्र प्रहरीका २ गरी १९ सुरक्षाकर्मी घाइते भएका जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

केही सुरक्षाकर्मीको आँखा तल घाउ लागेको र अन्यलाई सामान्य चोट लागेको प्रहरीको भनाइ छ। घाइते सबै प्रहरीको सामान्य उपचारपछि कार्यालय पठाइएको छ। प्रहरीका अनुसार हाल त्यहाँको स्थिति सामान्य रहेको छ।साभार:नागरिकबाट

Related posts

लुकेर भिडियो बनाउने ससुरामाथि मुद्दा लगाउन धर्नामा बुहारी

MadhesKhabar

गाैरमा जमिनमा गाडेर लुकाइएकाे गाजा बरामद

MadhesKhabar

वीरगन्जको विकास र समृद्धिमा ध्यान दिन मन्त्रीहरुसंग मेयर सिंहको आग्रह

MadhesKhabar

Leave a Comment