Madhes Khabar
मधेस प्रदेश हेडलाइन

मधेस सरकारको ‘बेटी पढाऊ, बेटी बचाऊ’ कार्यक्रमकाे साइकल खरिदमा भ्रष्टाचार ठहर

काठमाडौं,११माघ:मधेस प्रदेसका तत्कालीन मुख्यमन्त्री लालबाबु राउत नेतृत्वको सरकारले सञ्चालन गरेकाे ‘बेटी पढाऊ, बेटी बचाऊ’ कार्यक्रमअन्तर्गत साइकल खरिदमा भ्रष्टाचार गरेको भन्दै विशेष अदालतले तत्कालीन प्रदेश सचिव यामप्रसाद भुसाल र सिनियर डिभिजनल इन्जिनियर भगवान झालाई दोषी ठहर गरेको छ।

सो कार्यक्रममा १० करोड ३३ लाखभन्दा बढी अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

छात्रालाई लक्षित गरी तत्कालीन प्रदेश  सरकारले छात्रालाई लक्षित गरी सुरु गरेको कार्यक्रमअन्तर्गत साइकल खरिदमा भ्रष्टाचार भएको विशेष अदालतले ठहर गरेको हो।

सो मुद्दामा बिहीबार भएको विशेष अदालतका अध्यक्ष न्यायाधीश टेकनारायण कुँवरको इजलासले तत्कालीन प्रदेश सचिव भुसाल र सीडीई झालाई दोषी ठहर गरेको हो । अदालतले भुसाल र झालाई समान भ्रष्टाचार निवारण एनको दफा ८ (१) (ञ) बमोजिमको कसूरमा ३ महिना कैद र १० हजार रुपैयाँ जरिवाना तोकेको छ ।

विशेष अदालतका उपरजिष्टार धनबहादुर कार्कीका अनुसार सो मुद्दाका आरोपितहरु सहलेखापाल राजाराम मण्डल, भण्डार/जिन्सी शाखा प्रमुख रामस्वार्थ महत्तो, भण्डार शाखाका खरिदार जितमोहनकुमार दास, ओम सत्य साई प्रा.लि. वीरगन्ज, र संस्थाका प्रबन्ध निर्देशक रेनु अग्रवालले भने सफाई पाएका छन् ।

साइकल खरिदमा सम्झौताविपरीतका ब्रान्ड नखुलेका कमसल लेडिज साइकल आपूर्ति गरी १० करोड ३३ लाख ७५८ नोक्सान पुर्‍याएको भन्दै अख्तियारले उनीहरुविरुद्ध गत गर्त साउन १८ मा मुद्दा दर्ता गरेको थियो ।साभार:ईकान्तिपुरबाट

Related posts

वरीष्ठ पत्रकार चन्द्रकिशोर र डा.संदुकलाई यस वर्षको कर्मयोगी बद्रीविक्रम थापा स्मृति पुरस्कार प्रदान गरीदै

MadhesKhabar

एमालेको अवरोधले जितपुर सिमरा उपमहानगरको नगरसभा स्थगीत

MadhesKhabar

कांग्रेस छाडेका चौधरीलाई जसपा नेपालले पर्सा–४ बाट सांसदको उम्मेदवार बनाउने

MadhesKhabar

Leave a Comment