Madhes Khabar
मधेस प्रदेश

सर्लाहीमा नक्कली नेपाली नोटसहित पाँच जनाको गिरोह पक्राउ

सर्लाही,२८फागुनःसर्लाहीको सदरमुकाम मलंगवाबाट नेपाली नक्कली नोटसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ। म्लंगवा नगरपालिका वडा नम्बर ८ गोरखकाली नाकाबाट नक्कली नोटसहित नोट बनाउने कार्यमा संलग्न पाँच जना पक्राउ परेका हुन्।

पक्राउ पर्नेहरुमा महोत्तरीको सोनमा गाउँपालिका–७ सुन्दरपुरका ४२ वर्षीय खुर्शेद भन्ने सुल्तान मंसुर, रौतहटको गढीमाई नगरपालिका–९ चिलमिलियाका ५६ वर्षीय रामनारायण सहनी, सर्लाहीको धनकौल गाउँपालिका–७ बैरियाका ४८ वर्षीय दुलार सहनी, सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–२ का ५० वर्षीय रामपृत सहनी र ब्रह्मपुरी गाउँपालिका–२ कै ३५ वर्षीया सिहानता कुमारी देवी रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

भारततर्फबाट बा.४७ प ८७५७, बीआर ३० सी ४७६६ र बीआर ३० एआई ३०४९ नम्वरको मोटरसाइकलमा नेपाल आउँदै गर्दा सूराकीको आधारमा खानतलासी गर्दा उनीहरूको साथबाट नक्कली नोट बरामद भएको सर्लाहीका प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिए।

प्रहरीले उक्त गिरोहको साथबाट नेपाली नक्कली एक हजार दरको तलमाथि एक/एक वटा नोट राखेर बीचमा सेतो पेपर राखेर बनाइएको ८८ थान बण्डलमा नक्कली नेपाली रुपैयाँ १७६ थान (एक लाख ७६ हजार रुपैयाँ) बरामद गरेको छ।
पक्राउ परेका पाँचै जनालाई मुद्रा सम्बन्धी कसूरमा सर्लाही जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको राईले बताए।साभारः अन्नपूर्णपोष्ट

Related posts

राैतहटमा प्रभु साहकाे लगातार चाैथाे पटक जित

MadhesKhabar

मिटरब्याजीलाई कारबाही हुन थालेपछि मधेसका गाउँमा ऋण पाउनै गाह्रो

MadhesKhabar

वीरगन्जमा ट्रायलमा फेल भएकाहरुलाई जनकपुरबाट पास गराएर बाँडियो लाइसेन्स

MadhesKhabar

Leave a Comment