
रौतहट,७ साउनःरौतहटका दुई छुट्टाछुट्टै स्थानमा करेन्ट लागेर दुई जना किसानको मृत्यु भएको छ। सिँचाइका लागि आफ्नै खेतमा विद्युतीय मोटरबाट पानी सिचाइँ गर्ने क्रममा करेन्ट लागेर दुई जना किसानको मृत्यु भएको हो।
रौतहटको माधवनारायण नगरपालिका वडा नम्बर ४ बिसुनपुर्वा मानपुरका ४० वर्षीय रामबाबु मुखिया र कटहरिया नगरपालिका वडा नम्ब। २ जमुनियाका ४२ वर्षीय मोक्तार देवानको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ।
आफ्नै धान खेतमा सिँचाइका लागि मोटरबाट पानी सिचाइँ गर्नेक्रममा करेन्ट लागेर गम्भीर घाइते भएका मुखियाको प्रादेशिक अस्पताल गौरमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी नायब उपरक्षिक राजन कार्कीले बताए।
यस्तै कटहरिया जमुनियाका देवानको धान खेतमा सिँचाइका लागि मोटरबाट पानी सिंचाई गर्ने क्रममा करेन्ट लागेर देवानपनि गम्भीर घाइते भएका थिए। उनको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । साभारः नागरिक

