Madhes Khabar
मधेस प्रदेश हेडलाइन

सिके राउतकाे शपथ विवादमा, आफ्नै क्षेत्रमा जलाइयाे पुत्ला

वीरगन्ज ,०७ पुस: जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले प्रतिनिधिसभा सदस्यकाे शपथ मधेसी भाषामा लिएपछि विवादमा तानिएका छन्।

राउत सप्तरी २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् । उनले शपथ लिएको मधेसी भाषाको कुनै दस्तावेज नरहेको भन्दै विरोध सुरु भएको हो ।

मैथिली साहित्य परिषदका अध्यक्ष सतिश कुमार दत्त, आईलभ मिथिला डटकमका अध्यक्ष विद्यानन्द यादव र मिलाफका अध्यक्ष रमिला शाहले प्रेस विज्ञप्ति जारी गरेर राउतको विरोध गरेका हुन् । मधेसी भाषाको विरोधमा उक्त संस्थाका पदाधिकारीहरुले उनको पुत्लासमेत जलाएका छन् ।

बिहीबार साँझ उनीहरुले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘भाषाको सूचिमा मधेसी भाषा कतै उल्लेख छैन । मधेसी भाषामा लिएको शपथ अबैध हो । राउतले मैथिली भाषीको अपमान समेत गरेका छन् ।’

डा. राउतको शपथ खारेज गरी पुनः शपथ नगराए संघीय संसद सचिवालय कडा आन्दोलन गर्ने उक्त संस्थाका पदाधिकारीले चेतावनी समेत दिएका छन् ।

Related posts

एटिएम तोडफोड गर्दै गरेको अवस्थामा पक्राउ ।

MadhesKhabar

हैजाको महामारी फैलिएको वीरगन्जमा बिरामीको संख्या बढ्दै, थप ७ मा हैजा पुष्टी, शंकास्पद २ को मृत्यु

MadhesKhabar

राष्ट्रियसभामा मधेसबाट कांग्रेसका ढुङ्गाना र जसपाकी चाैधरी विजयी

MadhesKhabar

Leave a Comment