Madhes Khabar
मधेस प्रदेश हेडलाइन

सिके राउतकाे शपथ विवादमा, आफ्नै क्षेत्रमा जलाइयाे पुत्ला

वीरगन्ज ,०७ पुस: जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले प्रतिनिधिसभा सदस्यकाे शपथ मधेसी भाषामा लिएपछि विवादमा तानिएका छन्।

राउत सप्तरी २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् । उनले शपथ लिएको मधेसी भाषाको कुनै दस्तावेज नरहेको भन्दै विरोध सुरु भएको हो ।

मैथिली साहित्य परिषदका अध्यक्ष सतिश कुमार दत्त, आईलभ मिथिला डटकमका अध्यक्ष विद्यानन्द यादव र मिलाफका अध्यक्ष रमिला शाहले प्रेस विज्ञप्ति जारी गरेर राउतको विरोध गरेका हुन् । मधेसी भाषाको विरोधमा उक्त संस्थाका पदाधिकारीहरुले उनको पुत्लासमेत जलाएका छन् ।

बिहीबार साँझ उनीहरुले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘भाषाको सूचिमा मधेसी भाषा कतै उल्लेख छैन । मधेसी भाषामा लिएको शपथ अबैध हो । राउतले मैथिली भाषीको अपमान समेत गरेका छन् ।’

डा. राउतको शपथ खारेज गरी पुनः शपथ नगराए संघीय संसद सचिवालय कडा आन्दोलन गर्ने उक्त संस्थाका पदाधिकारीले चेतावनी समेत दिएका छन् ।

Related posts

वीरगंजमा तिन दिने चित्रकला प्रर्दशनी कार्यक्रम विहीबारदेखी सुरु

MadhesKhabar

वीरगन्जमा प्रहरी जवान चाैधरीको ज्यादती, कुटपिटबाट ई-रिक्सा चालक घाइते

MadhesKhabar

घण्टाघर छेउको विपी उद्यानको बजार खाली गर्न वीरगन्ज महानगरले दियो ७ दिने अल्टिमेटम

MadhesKhabar

Leave a Comment