Madhes Khabar
शिक्षा हेडलाइन

वीरगंजमा तिन दिने चित्रकला प्रर्दशनी कार्यक्रम विहीबारदेखी सुरु

मधेसखबर
फाल्गुन २२ गते
वीरगंजमा तिन दिने चित्रकला प्रर्दशनी कार्यक्रम विहीबारदेखी सुरु भएको छ ।

भोजपुरी प्रतिष्ठान वीरगंजको सहकार्यमा वीरगंज कलाकार समाजले तीन दिने कलर अफ वीरगंज भनेर चित्रकला प्रर्दशनी कार्यक्रम सुरु गरेको हो ।

वीरगंजको आदर्शनगरमा रहेको रानीसति अथिती सदनमा सभाहलमा आयोजित चित्रकला प्रर्दशनीमा १८ वटा विधालयको करीब १ सय ८७ वटा चित्रकला प्रदर्शनीका लागि राखिएको समाजका अध्यक्ष मुकेश महतो नुनियाले जनाएका छन् ।

वीरगंजका १८ वटा विधालयका बालबालिकाहरुले आफ्नो प्रतिभालाई चित्रद्वारा प्रस्तुत गरेका छन् । पर्साका कलाकारहरु , कलाप्रेमीहरुको मनोभावनालाई बुझ्दै आफ्नो गाउँठाउ र हालको परिवेशबारे बुझ्दै कला र संस्कृतीको जगेर्ना र विकासको उद्देश्यले यो प्रदर्शनी कार्यक्रम राखिएको समाजका अध्यक्ष मुकेश महतो नुनियाले जनाएका छन् ।

बिहीबार गरीएको चित्रकला प्रर्दशनीको उद्घाटन कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अथिती वीरगंज महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत अरविन्द लाल कर्णले चित्रकला प्रर्दशनीमा आफुले कोरोको चित्र ल्याएर सहयोग गर्ेकोमा धन्यवाद दिए ।

उनले भने , यहाँ हरेक विधार्थीहरुले आ आफ्नो प्रतिभा ,समाजप्रतीको चासो , वातारवणप्रती चिन्ता लगायतका गहन विषयवस्तुहरु समेटी कोरीका चित्र एकदमै प्रभावकारी लाग्यो । कुनै कुनै चित्र त , चित्र कोरीएको हो की फोटो काहीबाट खिचिएको हो दुविधामा पो परे । आफ्नो कल्पनालाई एक ब्रस , पेन्ट र कलरको माध्यमबाट एउटा रुप दिनु भन्दा महत्वपुर्ण र अमुल्य काम केही होईन ।

आफुहरुले विर्सिसकेका विभुतीहरुको चित्र समेत कोरी समाजलाई जवाफदेही बनाउन खोजिएकोमा आयोजकलाई समेत कर्णले धन्यवाद दिएका थिए । कर्णले भोजपुरी प्रतिष्ठान वीरगंजले यस्तो उत्साहजनक कार्यक्रममा सहकार्य गरेकोमा खुशी पनि व्यतm गरेका छन् ।

आयोजित तिन दिने चित्रकला प्रर्दशनी कार्यक्रमको पहिलो दिन आज बिहीबार बालबालिकाहरुले बनाएका चित्रकला अवलोकन कार्यक्रम राखिएको छ भने शुक्रबार दोश्रो दिन चित्रकला प्रर्दशनीमा सहभागि १८ विधालयका विधार्थीहरुको चित्रकला अवलोकन गर्न आउने कार्यक्रम तय गरीएको महतोले बताए ।

त्यसैगरी तेश्रो तथा अन्तिम दिन शनिबार चित्रकलामा प्रत्यक्ष सहभागि भएका बालबालिकाहरुको अभिभावकका विचमा समेत चित्रकला प्रतियोगिताको आयोजना गर्ने महतोले जानकारी दिए ।

उनले विभिन्न जिम्मेवारी तथा व्यस्तताका कारण अभिभावकहरुमा पनि विभिन्न प्रतिभा भए पनि प्रस्फुटन गर्ने वातावरणको आवशयतmा रहेकोले उतm वातावरण यस समाजद्वारा निर्माण गरीदिने अर्थात प्रर्दशनीमा अवलोकन गर्न आफ्ना बालबालिकालाई लिएर आएको बेला अभिभावकहरुले आफ्नो लागि केही समय छुट्याई केही समयको लागि भएपनि रमाईलो होस् भन्ने उद्देश्यले उतm कार्यक्रमको पनि आयोजना गरीएको हो ।

कार्यक्रममा विभिन्न विधालयका शिक्षक शिक्षिका , विभिन्न संघसंस्थाका प्रतीनीधी ,संचारकर्मी लगायतको उपस्थिती रहेको थियो । कार्यक्रममा सहजीकरण भोजपुरी प्रतिष्ठान वीरगंजका श्याम सरार्फ र रितेश महतोले गरेका थिए ।

 

Related posts

ठाकुरराम क्याम्पसमा आगजनी गर्नेहरुलाई पक्राउ गरि कारबाही गर्न नेविसंघको माग

MadhesKhabar

सुर्तीखेती छाडेर ठाेरीका युवाहरु उखुखेतीमा,आम्दानीको ५ प्रतिशत सामाजिक कार्यमा

MadhesKhabar

शिक्षकहरुकाे आन्दाेलनमा प्रदेश सभा सदस्य पटेलकाे ऐक्यबद्धता

MadhesKhabar

Leave a Comment