Madhes Khabar
स्वास्थ्य हेडलाइन

गुरु पुर्णिमाको अवसरमा वीरगन्जकाे समशानघाटमा गरियाे वृक्षारोपण

वीरगन्ज,६साउन:गुरु पुर्णिमाको अवसरमा आइतबार वीरगन्जका दुई स्थानमा वृक्षाराेपण गरिएको छ।

वीरगन्ज-१० अशोकवाटिका स्थित शीवपार्वती मठ छेउकाे समशानघाट र वीरगन्ज-२१ परवानीपुरकाे शमसानघाट परिसरमा वृक्षारोपण गरिएको हाे।

साहिब दरबार र ग्रनिसीटी सामुदायिक सेवा केन्द्रकाे समन्वय तथा वीरगन्ज महानगरपालिकाकाे आयाेजनामा दुवै स्थानमा गरी विभिन्न प्राजातिका १ सय २५ विरुवा राेपिएकाे हाे ।शीवपार्वती मट र शमसान घाट परिसरलाई हरियाली पार्कसहितको मनोरम बनाउन वृक्षारोपण गरिएको वीरगन्जज महानगरपालिकाका मेयर राजेश मान सिंहले बताए ।

वीरगन्ज-१० अशाेकवाटीकाकाे मठ र त्यससंगै रहेकाे शमसानघाटलाई महानगरपालिकाले स्तरोन्नती गर्दै परिसरलाई हरियाली बनाउन सौन्दर्यकरणको काम गरिरहेको छ ।

वृक्षारोपण गर्दै मेयर सिंहले खाली जग्गा तथा घर वरपर हरियाली बनाइ राख्नका लागि बोट विरुवा रोप्न सबैलाई आह्वान गरे ।

वृक्षाराेपण कार्यक्रममा वीरगन्ज-१० का वडाध्यक्ष सुशील कुमार कानु, वीरगन्ज-३ का वडाध्यक्ष बैजुलाल स्वर्णकार, शीवपार्वती मठ व्यवस्थापन समितिका अध्यक्ष प्रमानन्द साह कानु,साहिब दरबारका अध्यक्ष उमेशलाल सहनी,ग्रिनसिटी सामुदायिक सेवा केन्द्रका अध्यक्ष जयप्रकाश खेतान लगायतकोपनि सहभागीता थियाे।

Related posts

मधेस प्रदेशकै उत्कृष्ट महिला पत्रकारका रुपमा वीरगन्जकी पत्रकार माधुरी महतो सम्मानित

MadhesKhabar

आज चैते दशैं पर्व मनाइँदै

MadhesKhabar

आपसी भाइचारा बढाउन वीरगन्ज महानगरकाे आयाेजनामा संयुक्त इफ्तारी सम्पन्न

MadhesKhabar

Leave a Comment