Madhes Khabar
धर्म/संस्कृति हेडलाइन

गढीमाईमा आज मध्यरातमा विशेष पूजापछि भोलि बिहानदेखि राँगा बलि सुरु हुने

बारा,२२मंसिरःबाराको महागढीमाई नगरपालिका वडा नम्बर १ बरियापुरमा लागेको पञ्चवर्षीय गढीमाई मेलामा दिनदिनै भक्तजनहरुको भीड बढ्दै गएको छ ।शनिबार मध्यरातमा विशेष पूजापश्चात् आइतबार बिहान पञ्चबली र त्यसपछि राँगा बली सुरु हुने महागढीमाई मेला सञ्चालन तथा व्यवस्थापन मूल समितिले जनाएको छ ।

शनिबार मध्यरात अर्थात आईतवार सूर्योदय अघि नै विशेष पूजा हुनेछ भने त्यसपछि पञ्चबली दिइने र राँगा बली सुरु हुनेछ । सोमबार भने बोका बली दिइने तथा यसको सबै तयारी पूरा भएको मेला मूल समितिले जानकारी दिएको छ । दर्शन र विशेष पूजाका लागि छुट्टै व्यवस्था मिलाइएको समितिका अध्यक्ष एंव महागढीमाई नगरपालिका मेयर उपेन्द्र प्रसाद यादवले बताए ।

पाँच वर्षमा एक पटक लाग्ने गढीमाई मेलामा दर्शनका लागि नेपाल र भारतका विभिन्न स्थानबाट दैनिक हजारौँको संख्यामा दर्शनार्थी र भक्तजनहरु आइरहेको मेयर यादवले जानकारी दिए ।

हिन्दुहरुको शक्तिपिठको रुपमा स्थापित गढीमाई विशेषगरी बलीका लागि चर्चामा रहन्छ । यो मेला विश्वमा सबैभन्दा बढी बली दिइने धार्मिक स्थलका रुपमा परिचित छ ।

गढीमाई मेलाको अवसरमा नेपाल तथा भारतका लाखौँले दर्शन गर्ने भएकाले सुरक्षाका लागि नगरप्रहरीका साथै नेपाल प्रहरी र सशस्त्र प्रहरीसमेत खटाइएको मेयर यादवले जानकारी दिए । यसैगरी दर्शनार्थीलाई सहयोगका लागि स्वयंसेवक पनि खटिएका छन् ।

Related posts

सखुवा प्रसौनी गाउँपालिकाको बजेट ५९ करोड : खेलकुद,शिक्षा,स्वास्थ्य र कृषि प्राथमिकतामा

MadhesKhabar

दिपावलीका लागि अहिलेदेखि नै मधेसका नाकाबाट पटकाको तस्करी सुरु

MadhesKhabar

एकैरात वीरगन्जबाट २ करोड भन्दा बढिको ३ ट्रक सामान पक्राउ

MadhesKhabar

Leave a Comment