Madhes Khabar
शिक्षा हेडलाइन

शुल्क नतिरेका विद्यार्थीलाई परिक्षाबाट वञ्चित नगर्न निजी विद्यालयलाई वीरगन्ज महानगरकाे निर्देशन

वीरगन्ज ,१५चैत :परिक्षा शूल्क तिर्न नसकेका विद्यार्थीलाई परिक्षामा सहभागी हुनबाट वञ्चित नगर्न वीरगन्ज महानगरपालिकाले निर्देशनसहितकाे  आग्रह  गरेको छ ।

वीरगन्जका स्थानीय केही संस्थागत (निजी) विद्यालयहरुले शूल्क तिर्न बाँकी रहेका विद्यार्थीहरुलाई परिक्षामा सहभागी हुनबाट वञ्चित गर्न लागेको जानकारी पाएपछि महानगरपालिकाले त्यस्तो नगर्न आग्रह गरेको हो ।

महानगरपालिकाकाे शैक्षिक प्रशासन महाशाखाले मेयर राजेशमान सिंहको निर्देशनअनुसार बुधबार एउटा सूचना जारी गर्दै शूल्क तिर्न बाँकी रहेका विद्यार्थीहरुलाई परिक्षा दिनबाट वञ्चित नगर्न आग्रह गर्दै शूल्कका लागि अभिभावकसँग समन्वय गर्न निजी विद्यालयहरुलाई आग्रह पनि गरेको छ ।

‘महानगरपालिकाअन्तर्गत सञ्चालित कतिपय संस्थागत विद्यालयहरुमा अध्ययनरत विद्यार्थीहरुलाई शूल्क तिर्न बाँकी रहेकोले परिक्षाबाट वञ्चित गराइएको भनी जानकारी प्राप्त भएकोले बक्यौता शूल्कको लागि सम्बन्धित अभिभावकसँग समन्वय गर्न हुन् तथा शूल्ककै नाममा कुनैपनि विद्यार्थीलाई परिक्षाबाट वञ्चित नगराउन हुन्’, जारी सूचनामा उल्लेख गरिएको छ ।

चैत महिनामा स्थानीय निजी विद्यालयहरुले लिने वार्षिक परिक्षामा शूल्क तिर्न नसकेको विद्यार्थीहरुलाई परिक्षामा सहभागी हुनबाट वञ्चित गर्दै आएका छन् ।

Related posts

वीरगन्जको बाल सुधार गृहमा कैदीबन्दीलाई धम्क्यार १० लाख बढी रकम असुल्ने चाैकीदार गुप्ता पक्राउ

MadhesKhabar

पर्सा १ काे सांसदका लागि वनमन्त्री यादवकाे एकल नाम सिफारिस

MadhesKhabar

वीरगन्जमा आयाेजित प्रदेश स्तरीय हाजिरी जवाफ प्रतियोगितामा बारा प्रथम

MadhesKhabar

Leave a Comment