Madhes Khabar
शिक्षा

ठाकुरराम क्याम्पसका कर्मचारीहरुको आन्दोलन प्रति प्राध्यापकहरुको पनि समर्थन

मधेसखबर
वीरगन्ज,२१चैत : वीरगन्जको ठाकुरराम बहुमुखी क्याम्पसमा जारी कर्मचारीहरुको आन्दोलन प्रति प्राध्यापकहरुले पनि समर्थन जनाएका छन् ।

क्याम्पस प्रमुखले त्रिवि कर्मचारी संघको अध्यक्षकै पत्निलाई आफुखुशी पुस्तकालयको कर्मचारीमा नियुक्त गरेको विरोधमा त्यहाँका कर्मचारीहरु सोमबारदेखि आन्दोलित भएका हुन् । कर्मचारीहरुले सोमबारदेखि नै क्याम्पसको प्रशासन , लेखा शाखा र क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी गर्नुका साथै धर्ना पनि दिइका छन् । मङगलबार पनि उनिहरुको धर्ना जारी रहेको छ ।

मंगलबार प्रजातन्त्रवादी प्राध्यापक संघका क्याम्पस एकाइ सभापति कन्हैया झाले एक विज्ञप्ति जारी गर्दै कर्मचारीहरुको आन्दोलन प्रति संघको नैतिक सर्मथन रहेको जनाएका छन् । मापदण्ड विपरित गरिएको कर्मचारी नियुक्ती प्रति संघको आपत्ति रहेको जनाउदै झाले यस बारेमा क्याम्पस प्रमुखले सार्वजनिक रुपमा जानकारी गराउनु पर्ने माग पनि गरेका छन् ।

क्याम्पस प्रमुख उमेश चौरसियाले त्रिवि कर्मचारी संघका अध्यक्ष किशोरी चौधरीसंग मिलोमतो गरि चौधरीकै पत्नि श्रीगणेशमाया शाहीलाई क्याम्पसको पुस्तकालयको कर्मचारीमा नियुक्त गरेको भन्दै त्रिवि प्रजातन्त्रवादी कर्मचारी संघको अगुवाईमा कर्मचारीहरु सोमबार देखि आन्दोलित भएका हुन् ।

क्याम्पसमा विगत १४ वर्ष देखि १० जना कर्मचारीहरु अति न्युन तलबमा काम गर्दै आइरहेको भएपनि नयाँ कर्मचारी नियुक्तिमा उनिहरुलाई प्राथमिकता नदिइ कर्मचारी संघका अध्यक्षकै पत्निलाई आफुखुशी क्याम्पस प्रमुखले नियुक्त गरेकाले त्यसको विरोधमा उत्रिएको आन्दोलनरत त्रिवि प्रजातन्त्रवादी कर्मचारी संघको एकाई समिति अध्यक्ष गीता श्रेष्ठको भनाइ छ ।शाहीको नियुक्ति खारेज हुनु पर्ने आन्दोलनरत कर्मचारीहरुको माग छ ।

Related posts

बाराका शिक्षा कार्यालय प्रमुख खतिवडालाई जनकारबाही गर्ने आजपाको धम्की

MadhesKhabar

सीए पढ्न अब काठमाडौं जानु पर्दैन, वीरगन्जमै खुल्यो ‘गुरुकुल सीए कलेज’

MadhesKhabar

राष्ट्र बैंकद्वारा आयोजित हाजिरी जवाफ प्रतियोगितामा ठाकुरराम क्याम्पस प्रथम

MadhesKhabar

Leave a Comment