Madhes Khabar
शिक्षा

एसईईमा पर्सा जिल्लामै सर्वोत्कृष्ट छात्रा रिया साह गौतम माविबाट सम्मानित

वीरगन्ज,७मंसिरः२०८० सालको माध्यमिक शिक्षा परिक्षा (एसईई) मा पर्सा जिल्लामै सर्वोत्कृष्ट अंक ल्याएर उत्तीर्ण भएकी छात्रा रिया साहलाई वीरगन्जको गौतम माध्यमिक विद्यालयले नगदसहित सम्मानित गरेको छ । २०८० सालको एसईईमा साह ३.९७ जिपिएका साथ पर्सा जिल्लामै सर्वोत्कृष्ट भएकी थिइन् ।उनले एसईई गौतम माविबाटै दिएकी थिइन् ।

शुक्रबार गौतम माविले विद्यालय परिसरमै एक कार्यक्रम आयोजना गरेर रियालाई नगद २५ हजार रुपैयाँ र कदरपत्रले सम्मानित गरेको हो । कार्यक्रमका प्रमुख अतिथी वीरगन्ज महानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अरबिन्दलाल कर्णले छात्रा रियालाई विद्यालयका तर्फबाट सम्मानित गरे । उक्त कार्यक्रममै रियाका अभिभावकलाईपनि बर्ष २०८० को उत्कृष्ट अभिभावकको रुपमा खादा ओढाएर सम्मानित गरिएको थियो ।

गौतम माविकी सहायक प्रधानाध्यापिका परीक्षा पिया लामाको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्याब्सन पर्साका अध्यक्ष पुरन प्रधान,वीरगन्ज महानगर अध्यक्ष आलोक चौरसिया, उपाध्यक्ष शिव गुप्ता, हिसानका केन्द्रीय सदस्य मनिष सिंह, फोनिजका मधेस प्रदेश इञ्चार्ज निरज पिठाकोटे मगर लगायतकोपनि उपस्थिति थियो ।

Related posts

शिक्षकहरुले बहिष्कार गरेपनि पर्साका केही पालिकामा विद्यार्थी भर्ना अभियान सञ्चालन

MadhesKhabar

सीए पढ्न अब काठमाडौं जानु पर्दैन, वीरगन्जमै खुल्यो ‘गुरुकुल सीए कलेज’

MadhesKhabar

पर्साकाे गुलरियामा उपकार सेवाद्वारा दलित बालबालिकालाई शैक्षिक सामग्री वितरण

MadhesKhabar

Leave a Comment