Madhes Khabar
शिक्षा

पर्साकाे गुलरियामा उपकार सेवाद्वारा दलित बालबालिकालाई शैक्षिक सामग्री वितरण

वीरगन्ज,८पुस:पर्साकाे धोबिनी गाउँपालिका वडा नम्बर ३ गुलरियाकाे दलित बस्तीका बालबालिकालाई उपकार सेवा नेपालकी अध्यक्ष विद्या कुमारी सरावगीको सहयोगमा शैक्षिक सामग्री वितरण गरिएको छ।

उपकार सेवा नेपालले दलित समुदायका बालबालिकाको शैक्षिक अवस्थामा सुधार ल्याउने उद्देश्यका साथ शैक्षिक सामग्री वितरण गरेको हो।दलित समुदायका बालबालिकाहरुलाई कापी, पेन्सिल, कटर , इरेजर लगायतका शैक्षिक सामग्री वितरण गरिएकाे हाे।

त्यस अवसरमा नेकपा (एमाले)का मधेस प्रदेश कमिटी सदस्य सलाउदिन अहमदले शिक्षाको महत्वलाई जोड दिँदै बालबालिकाहरूलाई अध्ययनमा प्रोत्साहित गर्नका लागि यस्ता अभियान आवश्यक भएको बताए।समाजको शैक्षिक विकासमा महत्वपूर्ण योगदान पुर्‍याउन यस्ता कार्यक्रमहरू निरन्तर सञ्चालन गरिने एमाले नेता अहमदले बताए।

कार्यक्रममा अजीज मियाँ माविका प्रधानाध्यापक जितेन्द्र राम, स्थानीय प्रेम पटेल ,बिहारी राम ,शिक्षक लालबाबु राम लगायतको उपास्थिती रहेकाे थियाे।

Related posts

भतौडाको विद्यालयमा जग्गादाता थारुको अध्यक्षतामा व्यवस्थापन समिति गठन

MadhesKhabar

बडेर्वाको विद्यालयमा विद्यार्थीहरु पुरस्कृत, शिक्षक र अभिभावकहरु सम्मानित

MadhesKhabar

रामभौरीको विधालयमा सौन्दर्यकरण र पर्खाल निर्माणको शिलान्याश

MadhesKhabar

Leave a Comment