Madhes Khabar
अर्थतन्‍त्र हेडलाइन

वीरगन्जको भाटभटेनीमा भेटियाे म्याद गुज्रेका खाद्य सामग्री,तर जरिवाना भने ५ हजार मात्रै

वीगन्ज,३०भदाैं:वीरगन्ज-१४ स्थित भाटभटेनी सुपर मार्केटमा म्याद गुज्रेका खाद्यान्न सामग्री फेला परेको छ।आइतबार अनुगमनका क्रममा म्याद गुज्रेका खाद्यान्न सामग्री फेला परेपछि वीरगन्ज महानगरपालिकाले जरिवानापनि गरेको छ ।

भाटभटेनी सुपरमार्केट अन्तर्गत अतिथि भेजिटेरियन रेस्टुरेन्ट र शाह होल्डिङ्स प्रालिलाई जनही ५ / ५ हजार रुपैयाँ जरिवाना गरिएकाे हाे।वीरगन्ज महानगरपालिकाबाट खाद्य अनुसन्धान अधिकृत विपिनलाल दासकाे नेतृत्वमा खटिएको टाेलीले भाटभटेनी सुपरमार्केटको माथिल्लो तलामा रहेका चारवटा रेस्टुरेन्टमा अनुगमन गरेको थियो ।अनुगमनका क्रममा म्याद गुज्रेका मःम, चाउमिन, मासु, अमृत तेल, मैदा, बेसन लगायतका सामग्री फेला परेका थिए । म्याद गुज्रेका ४ बोरा मैदा, २ प्याकेट कुखुराको मासु, ४ प्याकेट चाउमिन, ५ सय ग्राम गोल्ड बेसन, ६ प्याकेट अमृत तेल र एक प्याकेट मन्चुरियन नष्ट गरिएको अनुगमन टाेलीले जनाएको छ ।

अनुगमनपछि सुपरमार्केट अन्तर्गत अतिथि भेजिटेरियन रेस्टुरेन्ट र शाह होल्डिङ्सप्रालिलाई जनही ५ हजार रुपैयाँ जरिवाना गरिएको अनुगमन टाेलीमा सहभागी उपभोक्ता हित मञ्चका अध्यक्ष अजित भुजेलले जानकारी दिए।

Related posts

वीरगन्जकाे आईसीपीका कर्मचारीको हड्ताल फिर्ता

MadhesKhabar

वीरगन्ज नर्सिङ क्याम्पसमा मतगणना विवाद तत्काल सुल्झाएर पठनपाठन सुचारु गर्न नेविसंघको माग

MadhesKhabar

अयाेध्यामा नवनिर्मित राम मन्दिरको उद्घाटनका लागि वीरगन्जबाट भक्तालु तथा दर्शनार्थी प्रस्थान

MadhesKhabar

Leave a Comment