Madhes Khabar
शिक्षा हेडलाइन

वीरगन्ज नर्सिङ क्याम्पसमा मतगणना विवाद तत्काल सुल्झाएर पठनपाठन सुचारु गर्न नेविसंघको माग

वीरगन्ज,८चैतःवीरगन्ज नर्सिङ क्याम्पसमा स्ववियु निर्वाचनको अवरुद्ध मतगणनाको विषयलाई क्याम्पसको पठनपाठन प्रभावित भएको छ ।गत मंगलबार भएको स्ववियु निर्वाचनको मतगणनाका क्रममा विद्यार्थी संगठनहरुबीच विवाद भएपछि मतगणना रोकिएको छ । जसका कारण क्याम्पसको पठनपाठनमा समेत प्रभाव परेको छ ।

शुक्रबार नेविसंघले एक प्रेस विज्ञप्ति जारी गर्दै मतगणनाको विवाद यथाशीघ्र सुल्झाएर क्याम्पसको पठनपाठन सुचारु गराउन क्याम्पस प्रशासनसंग माग गरेको छ । नेविसंघको क्याम्पस ईकाइ समितिकी सभापति सबिना सुनारले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ –मतगणनाका क्रममा उत्पन्न विवादका कारण पठनपाठन प्रभावित भएको विषयप्रति नेविसंघ गम्भीर चिन्ता व्यक्त गर्दछ। शैक्षिक संस्थाहरूमा विद्यार्थीहरूको शिक्षाको निरन्तरतामा कुनै पनि प्रकारको अवरोध अस्वीकार्य छ।

स्ववियु निर्वाचन लोकतान्त्रिक प्रक्रिया भएको र यसले विद्यार्थीहरूको नेतृत्व चयन गर्ने अवसर प्रदान गर्ने भन्र्दै नेविसंघले तर मतगणनाका क्रममा देखिएको विवाद र त्यसपछि उत्पन्न परिस्थितिले क्याम्पसको नियमित पठनपाठन अवरुद्ध हुनु दुर्भाग्यपूर्ण भएको जनाएको छ। आफ्नो भविष्य निर्माणका लागि क्याम्पसमा विद्यार्थीहरु कुनै राजनीतिक विवादको शिकार बन्न नहुने उसको भनाई छ ।

विज्ञप्तिमा भनिएको छ – हाम्रो स्पष्ट धारणा छ कि निर्वाचनमा उत्पन्न विवादलाई समाधान गर्ने जिम्मेवारी सम्बन्धित निर्वाचन समिति र नेतृत्व तहको हो। तर यसको असर विद्यार्थीहरूको अध्ययनमा पर्नु अत्यन्त दुःखद पक्ष हो। विवादको नाममा क्याम्पस प्रशासन पठनपाठन रोक्ने भूमिकामा देखिनु निन्दनीय छ।

नेविसंघले स्ववियु निर्वाचनसम्बन्धी विवादलाई सहमति, वार्ता र संवादमार्फत यथाशीघ्र समाधान गर्न पहल गर्न आग्रह गरेको छ । विद्यार्थीहरूको पठनपाठनमा बाधा पु¥याउने कुनै पनि गतिविधि तत्काल रोक्नुपर्ने र क्याम्पस प्रशासनले तत्काल कक्षाहरू सुचारु गर्ने वातावरण बनाउनुपर्ने उसको माग छ ।

यदि तोकिएको समयसीमाभित्र क्याम्पस प्रशासनले उपयुक्त कदम चाल्न नसके नेविसंघ बाध्य भएर विद्यार्थीहरूको अधिकार सुनिश्चित गर्न थप आन्दोलनका कार्यक्रम ल्याउन बाध्य हुने सभापति सुनारले चेतावनी समेत दिएकी छन् ।

Related posts

आगामी नीति, कार्यक्रम तथा बजेट देशमा आर्थिक क्रान्ति ल्याउने खालको हुन्छ : प्रधानमन्त्री प्रचण्ड

MadhesKhabar

गढीमाई मन्दिर परिसरमा तयार हुदैं भव्य विवाहमण्डप एंव धर्मशाला

MadhesKhabar

कक्षा १२ को परिक्षा दिएका विद्यार्थीका लागि एडूकेशन करिअर काउन्सिलिङ कार्यक्रम हुदैं

MadhesKhabar

Leave a Comment