Madhes Khabar
धर्म/संस्कृति हेडलाइन

अयाेध्यामा नवनिर्मित राम मन्दिरको उद्घाटनका लागि वीरगन्जबाट भक्तालु तथा दर्शनार्थी प्रस्थान

वीरगन्ज,१२पुष:भारतको अयोध्यामा निर्मित राम मन्दिरको उद्घाटन समारोहका लागि वीरगन्जबाट पनि दर्शनार्थी र भक्तालुहरु प्रस्थान गरेका छन् ।

आगामी जनवरी २२ तारिखका दिन राम मन्दिरको उद्घाटन हुने भएपछि रामको ससुराली जनकपुरबाट पनि विभिन्न कोसेली पठाउने तयारी भइरहेको छ ।

भारतीय सञ्चार माध्यमहरूका अनुसार भारतको उत्तर प्रदेश राज्यस्थित अयोध्यामा राम मन्दिरको उद्घाटन हुने कार्यक्रम तय गरिएको छ । जहाँ भगवान रामको मामाघरबाट ३ हजार क्विन्टल चामल र ससुराली नेपालको जनकपुरधामबाट कपडा, फलफूलसहितका कोसेलीले भरिएका ११ सय थाल पठाइने छ ।

 

त्यसबाहेक भारतकै विभिन्न राज्यबाट पनि विभिन्न कोसेली राम मन्दिरको उद्घाटनका लागि पठाइने बताइएको छ ।

भगवान रामको प्राण प्रतिष्ठाका दिन विशेष भोग लगाइने छ । जसका लागि उनको मामाघर भारतको छत्तिसगढबाट चामल र ससुरालीबाट फलफूल र ड्राइ फ्रुट्स आउनेछ ।

जनकपुरधामबाट पठाइने सामग्री ५ जनवरी अयोध्या पुग्ने छ । यस्तै जनकपुरधामबाट आभूषण, चाँदीका भाडाकुडा, ५१ प्रकारका मिठाई, दही, फलफूल लगायतका रहनेछन् ।

राम मन्दिरको प्राण प्रतिष्ठा पछि भगवान रामको चरण पादुका पनि राखिनेछ। अहिले भारतको विभिन्न राज्यमा उक्त पादुकाको परिक्रमा गराइँदैछ। १९ जनवरीका दिन पादुका अयोध्या पुग्नेछ। भगवान रामको पादुका हैदरावादका श्रीचल्ला श्रीनिवास शास्त्रीले बनाएका हुन् ।

Related posts

वीरगन्जसहितका क्षेत्रमा केही दिन अझै गर्मी बढ्ने, सावधानी अपनाउन आग्रह

MadhesKhabar

आज चैते दशैं पर्व मनाइँदै

MadhesKhabar

पारसनाथ देखि भाथाधामसम्म सडक बनाउन १ करोड दिने सांसद गुप्ताको घोषणा

MadhesKhabar

Leave a Comment