Madhes Khabar
राजनीति

चौरसियालाई जिताउन पर्सागढीको मेयरका प्रत्याशी मानन्धरसहितका नेताहरु कांग्रेसमा प्रवेश

वीरगन्ज,६फागुनःपर्सा क्षेत्र नम्बर २ मा पर्ने पर्सागढी नगरपालिकाको मेयर पदमा २०७९ को निर्वाचनमा जसपा नेपालबाट उम्मेदवार बनेका सुरज मानन्धरसहितका प्रभावशाली नेताहरु नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।जनकपुरमा बुधबार आयोजित नेपाली कांग्रेसको प्रतिज्ञा सभामा मानन्धरसहितका नेताहरु कांग्रेसमा प्रवेश गरेका हुन् ।

पर्सा क्षेत्र नम्बर २ का कांग्रेस उम्मेदवार अजयकुमार चौरसियालाई समर्थन जनाउँदै मानन्धरसहितका विभिन्न दलका नेताहरु कांग्रेसमा प्रवेश गरेका हुन् । मानन्धर २०७९ को स्थानीय तह निर्वाचनमा जसपा नेपालका तर्फबाट मेयरको उम्मेदवार थिए । उनि २ हजार ६ सय ८४ मतका साथ तेस्रो स्थानमा रहेका थिए ।

कांग्रेस प्रवेश गर्ने अन्यहरुमा पर्सागढी नगरपालिका वडा नम्बर ४ का वडाध्यक्षमा जसपा नेपालबाट निर्वाचित शेख खुर्सेद, वडा नम्बर १ को वडाध्यक्ष पदमा जसपा नेपालबाटै उम्मेदवार बनेका विकास दास, वडा नम्बर २ को वडाध्यक्ष पदमा जसपा नेपालबाट उम्मेदवार बनेका मदन चौधरी,जसपाका नेता रामकिशोर चौधरी,मंगल लामा, रवि स्याङ्बो पनि रहेका छन् ।

कार्यक्रममा उनिहरुलाई कांग्रेस सभापति गगन थापा, उपसभापति विश्वप्रकाश शर्मा, पर्सा–२ का कांग्रेस उम्मेदवार चौरसिया लगायतकाले खादा लगाएर पार्टीमा स्वागत गरे ।

पर्सागढी नगरपालिकामा जसपा नेपालका प्रभावशाली मानिने मानन्धरसहितका नेताहरु जसपा नेपाल परित्याग गरि कांग्रेसमा प्रवेश गरेपछि पर्सा–२ मा कांग्रेस उम्मेदवार चौरसियालाई थप बल पुगेको आकलन गरिएको छ ।

 

Related posts

काँग्रेस उम्मेदवार चौरसियाको वाचा : चुनाव पछि काँग्रेसको पहिलो काम नागरिकता विधेयक प्रमाणिकरण

MadhesKhabar

पर्साका ३ वटा निर्वाचन क्षेत्रमा एमाले महाधिवेशन प्रतिनिधि सर्वसम्मत, एउटामा विवाद कायमै

MadhesKhabar

पर्सा–१ का मतदातासंग एमाले उम्मेदवार यादवको आग्रह : जनताको बीचमा रहेर काम गर्ने नेता हुँ,एकपटक फेरि मौका दिनुहोला

MadhesKhabar

Leave a Comment