Madhes Khabar
राजनीति हेडलाइन

पर्साका ३ वटा निर्वाचन क्षेत्रमा एमाले महाधिवेशन प्रतिनिधि सर्वसम्मत, एउटामा विवाद कायमै

वीरगन्ज,१४ मंसिर: पर्साका चार मध्ये तीन निर्वाचन क्षेत्रमा नेकपा एमालेका महाधिवेशन प्रतिनिधिहरुकाे टुंगाे लागेको छ ।

चारवटा निर्वाचन क्षेत्र रहेको पर्सा जिल्लामा क्षेत्र नम्बर ४ बाहेक १,२ र ३ मा सर्वसम्मत रूपमा प्रतिनिधि चयन गरिएको एमाले पोलिटब्युरो सदस्य ज्वाला साहले जानकारी दिइन् ।

‘क्षेत्र नम्बर ४ मा पनि सहमतिको प्रयास हुँदैछ, सोमबार बिहान बसेर टुङ्गो लगाउछौं,’ साहले भनिन् ।

पर्सा क्षेत्र नम्बर १ बाट ९ जना, क्षेत्र नम्बर २ बाट ७ जना र क्षेत्र नम्बर ३ बाट ८ जनागरी आइतबार बेलुकीसम्म २४ जना महाधिवेशन प्रतिनिधि सर्वसम्मत चुनिएको प्रमुख निर्वाचन अधिकृत बिनोद गिरीले जानकारी दिए ।

पर्सा क्षेत्र नम्बर ४ को प्रतिनिधि भने सोमबार बिहान टुङ्गो लाग्नेछ । प्रतिनिधि टुंगिएका तीनवटै क्षेत्रमा संस्थापन पक्ष हावी देखिएको छ ।

पर्सा क्षेत्र नम्बर १ बाट वीरन्जका पूर्वमेयर विजयकुमार सरावगी, एमाले जिल्ला अध्यक्ष डाक्टर विश्वम्भर शर्मा, राजेन्द्र यादव, बसरुद्दिन अन्सारी, नवराज शर्मा, सविता गिरी, मुना दाहाल, रन्जु फुयाँल र महम्मद निजाम चुनिएका छन् ।

क्षेत्र नम्बर २ बाट लियाकत अलि, उस्मान अन्सारी, मनोज कुशवाहा, जयनारायण सिंह, सीता लामा, रमिला खातुन र सन्तोष पासवान महाधिवेशन प्रतिनिधि चयन भएका छन् ।

क्षेत्र नम्बर ३ बाट  प्रह्लाद गिरी, प्रमोद जैसवाल, प्रधुमन चौहान, शिव पटेल, रुबी ठाकुर, उर्मिला देवी, सबिना खातुन र रवि गुप्ता निर्विरोध निर्वाचित भएका छन् ।

Related posts

बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछाने दोषी ठहर

MadhesKhabar

वीरगन्ज–पथलैया औद्योगिक कोरिडोरमा फेरि सुरु भयो अघोषित लोडसेडिङ, २ हजार उद्योग प्रभावित

MadhesKhabar

व्याक्तिगत रिसबी साँध्न अफवाह फैलाउनेलाई कानुनी उपचार हुन्छ : मेयर सिंह

MadhesKhabar

Leave a Comment