Madhes Khabar
हेडलाइन

निर्वाचन आचारसंहिता उल्लंघन गरेर भोट माग्दै मुख्यमन्त्री राउत

पर्साको जगरनाथपुर गाउँपालिका १ मा बिहीबार चुनावी कार्यक्रममा जसपाका लागि भोट माग्दै मुख्यमन्त्री लालबाबु राउत । तस्वीर : सामाजिक सन्जाल

मधेसखबर
वीरगन्ज, २३ बैशाख : बै
शाख ३० को स्थानिय तह निर्वाचनका लागि निर्वाचन आयोगले चैत २५ गते देखि नै आचार संहिता लागु गरिसकेको छ ।तर मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले भने निर्वाचन आचार संहिताको ठाडै उल्लंघन गरेर गृह जिल्ला पर्सामा आफनो दल जसपाका उम्मेदवारका लागि चुनावी प्रचार गरिरहेका छन् ।
मुख्यमन्त्री राउतले सरकारी पद र सुविधाको दुरुपयोग गरेर वीरगन्ज महानगर सहित जिल्लाका ग्रामिण भेगमा जसपाका उम्मेदवारको लागि चुनावी कार्यक्रममा सरिक भइ मत मागि रहेका छन् ।
बिहीबार पनि वीरगन्ज १५ लक्ष्मणवामा जसपाले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा मुख्यमन्त्री राउतले आफनो उम्मेदवारका लागि भोट माग्दै भाषण पनि गरे ।
बिहीबार नै दिउसो देखि आफनो गृहपालिका पर्साको जगरनाथपुर गाउँपालिका १ मा पुगेर मुख्यमन्त्री राउतले जसपाले आयोजना गरेको कोणसभा सहभागी हुदै भोट माग्न थालेका छन् । जसपाको चुनावी कार्यक्रममा जादा मुख्यमन्त्री राउत सरकारी गाडी मै जाने गरेका छन् । नेपाली सेना सहितका सुरक्षाकर्मीहरुलाइ पनि संगै लैजाने गरेका छन् ।


मुख्यमन्त्री राउत सरकारी सेवा सुविधाको दुरुपयोग गरेर आचारसंहिता उल्लंघन गरिरहदा पनि सम्बन्धित निकाय भने मौन बसेको छ ।
स्थानीय निर्वाचनलाई लक्षित गरी निर्वाचन आयोगले निर्वाचन आचारसंहिता, २०७८ लागू गरेको हो । निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी र भयमुक्त वातावरण कायम राख्न निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी आचारसंहिता जारी गरिएको हो । तर, निर्वाचनको मिति नजिकिँदै जाँदा आचारसंहिता दस्तावेजमा मात्रै सीमित बन्दैछ। यसको पालन गर्नुपर्ने कुनै पनि पक्ष संवेदनशील बनेका छैनन्। पालना गराउन सहयोग गर्ने मधेस प्रदेश सरकारका मुख्यमन्त्री राति आफैं आचारसंहिताविपरीत चुनावी कार्यक्रममा छन् ।
जबकि निर्वाचन आचारसंहिताको परिच्छेद ३ दफा (५) मा नेपाल सरकार, प्रदेश सरकार, मन्त्री, स्थानीय कार्यपालिका तथा स्थानीय कार्यपालिकाका पदाधिकारीहरूले पालना गर्नुपर्ने आचरण अन्तर्गतको (क) मा कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचार–प्रसारमा संलग्न हुन वा प्रचार–प्रसार गर्न नहुने भनेर उल्लेख छ ।
उजुरी दिए मुख्यमन्त्रीलाइ पनि कार्वाही हुन्छ– निर्वाचन अधिकृत पौडेल
पर्साका प्रमुख निर्वाचन आयुुक्त धर्मराज पौडेलले भने नेपाल सरकारको सार्वजनिक लाभको पदमा बसेका जो सुकैलाइ पनि निर्वाचन आचार संहिता लाग्ने भएकाले मुख्यमन्त्री राउतको हकमा पनि त्यो लागु हुने बताए ।
पौडेलले भने ,‘ मुख्यमन्त्रीलाइ पनि आचारसंहिता लाग्छ , यदि कुनै कार्यक्रममा जाने हो भने निर्वाचन आयोगबाट पूर्व अनुमति लिनु पर्छ ,।
तर मुख्यमन्त्री राउतले चुनावी आचार संहिता उल्लंघन गरेको लिखित उजुरी अहिले सम्म नपरेकाले आफुहरुले मुख्यमन्त्री विरुद्ध कुनै कार्वाही प्रकृया अगाडि नबढाएको पौडेलले बताए ।
उनले भने ,‘ यदि कसैले लिखित उजुरी दियो भने हामीले त्यो उजुरी कार्वाही प्रकृयाका लागि निर्वाचन आयोगमा सिफारिस गरिदिन्छौ ।

Related posts

सरकारले तत्काल धान खरिदकाे प्रक्रिया नथाले आन्दोलन गर्ने किसानहरुकाे चेतावनी

MadhesKhabar

काे बन्छ मधेसकाे मुख्यमन्त्री ?

MadhesKhabar

मधेस साहित्य महाेत्सवमा मधेस आन्दाेलनकाे मन्थन : मधेस आन्दाेलनकाे लाभ नेताले मात्रै लिए,जनता ठगिए

MadhesKhabar

Leave a Comment