Madhes Khabar
खेलकुद

नेयमारले अन्तर्राष्ट्रिय फुटबलबाट लिए सन्यास

काठमाडौँ,२२असारः ब्राजिली स्टार नेयमारले विश्वकप २०२६ मा आफ्नो टिम अन्तिम १६ को चरणबाट बाहिरिएलगत्तै सोमबार अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका छन् । पाँचपल्टको विजेता ब्राजिल सोमबार बिहान भएको खेलमा नर्वेसगँ पराजित भएको हो ।

संन्यासमेट लाइफ स्टेडियममा सोमबार बिहान भएको खेलमा नेयमार सब्टिच्युट खेलाडीका रूपमा मैदानमा छिरेका थिए र पेनाल्टीबाट एक गोल पनि गरे । इर्लिङ हालान्डको दुई गोलको मद्दतले नर्वे भने २–१ ले विजयी रह्यो।

ब्राजिलका लागि सर्वाधिक गोलकर्ता रहेका ३४ वर्षीय नेयमारले भनेका छन्, ‘म असाध्यै थाकें । ब्राजिलका लागि मैले खेल्ने दिन सकिए ।’

पछिल्लो समय चोटको समस्याबाट गुज्रिरहेका नेयमार अविश्वसनीय रूपमा विश्वकप खेल्ने ब्राजिली टिममा परेका थिए ।

सन् २०१० मा ब्राजिलको सिनियर टोलीबाट डेब्यु गरेका नेयमार राष्ट्रिय टोलीका इतिहासकै सर्वाधिक गोलकर्ता हुन्। उनले १२९ अन्तर्राष्ट्रिय खेलमा ८० गोल गर्दै ब्राजिलियन फुटबलमा अविस्मरणीय छाप छाडेका छन्।

Related posts

एनपीएलमा सुदूरपश्चिमको लगातार तेस्रो जित

MadhesKhabar

नेपाल लाेकतान्त्रिक खेलकुद संघ पर्साकाे अध्यक्षमा कांग्रेस युवा नेता कुर्मी मनाेनित

MadhesKhabar

आयोजक सिमरा जीतपुरसिमरा गोल्डकप फुटबलको सेमिफाइनलमा

MadhesKhabar

Leave a Comment