वीरगन्ज ,२४साउन: वीरगन्ज महानगरपालिकाका उपमेयर इम्तियाज आलमले सरकारले ताेकेकाे भन्दा बढी मुल्यमा रासायनिक मल बिक्री गर्ने कृषि सहकारी संस्थालाई कारबाही गर्ने बताएका छन् ।
महानगरपालिकाकाे सभाकक्षमा बुधबार कृषि सहकारी संस्थाका सञ्चालकहरुकाे बैठकमा उपमेयर आलमले बढी मुल्यमा मल बेच्ने सहकारी संस्थालाई कारबाही गर्ने चेतावनी दिएका हुन् ।सहकारी संस्थाले सरकारले ताेकेकाे भन्दा बढी मुल्यमा मल बिक्री गरिरहेकाे गुनासाे किसानहरुबाट आएकाे भन्दै उनले अब यस्ताे गुनासाे सुन्न नपराेस् भनेर सहकारी संस्थाका सञ्चालकहरुलाई सचेतपनि गराए।
उनले सरकारले उपलब्ध गराएकाे मल सहज रुपमा किसानलाई उपलब्ध गराउन सहकारी संस्थाका सञ्चालकहरुलाई निर्देशनपनि दिए ।
बैठकमा महानगरपालिकाकाे आर्थिक विकास महाशाखा प्रमुख प्रतिज्ञा वैद्य , कृषि तथा पशुपंछी ब्यवसाय प्रबर्दन महाशाखा प्रमुख रोशनी यादवका साथै महानगरमा रहेका कृषि सहकारी संस्थाका अध्यक्षहरुको सहभागिता रहेको थियो ।

