Madhes Khabar
कृषि हेडलाइन

किसानलाई बजारको भन्दा आधा भाउमा गँहुको बीउ बाँड्दै वीरगन्ज महानगर

वीरगन्ज,७मंसिरःवीरगन्ज महानगरपालिकाले किसानलाई ५० प्रतिशत अनुदानमा गँहुको बीउ वितरण गर्न सुरु गरेको छ ।
गँहु खेती गर्ने किसानहरुलाई वीरगन्ज महानगरपालिकाले बजार भन्दा आधा सस्तो भाउमा अर्था ५० प्रतिशत अनुदानमा आइतबारदेखि गँहुको बीउ वितरण गर्न थालेको महानगरपालिकाको कृषि तथा पशुपंक्षी शाखाकी प्रमुख रोशनी यादवले जानकारी दिइन् ।

महानगरका वडा नम्बर १ देखि वडा नम्बर ३२ सम्मका किसानलाई वितरणका लागि महानगरपालिकाले २३ हजार ६०० केजी एनएल २९७ र विजय जातको बीउ खरिद गरि ल्याएको उनले बताइन् ।

उक्त बीउ किसानलाई प्रति केजी ८७ रुपैयाँका दरले महानगरपालिकाले वितरण गरिरहेकोपनि उनले बताइन् । ४० केजीको १ बोरा बीउको मूल्य १ हजार ८१२ रुपैयाँ तोकिएको उनले बताइन् ।

बीउका लागि सम्बन्धित किसानले आफ्नो खेतको लालपूर्जा र नागरिकताको प्रतिलिपीसहित महानगरपालिकाको कृषि तथा पशुपंक्षी शाखामा सम्पर्क गर्नुपर्ने उनले बताइन् । किसानलाई उनिहरुको जग्गाको क्षेत्रफलको आधारमा बीउ वितरण गरिरहेको उनले बताइन् ।

Related posts

मस्जिदमा तोडफोडको विरोधमा वीरगन्जमा मुस्लिमहरुको प्रदर्शन, ५ राउण्ड अश्रु ग्यास प्रहार

MadhesKhabar

ठाेरी हुलाकी सडककाे विभिन्न स्थानमा सिसिटिभी क्यामरा जडान

MadhesKhabar

पर्सामा पर्ने नेपाल–भारत सीमानामा रहेका सीमा स्तम्भहरुको मर्मत तथा रंगरोगन सुरु

MadhesKhabar

Leave a Comment