Madhes Khabar
अन्तर्राष्ट्रिय

आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै

वीरगन्ज,१असोजः भारतको दिल्ली प्रान्तको नयाँ मुख्यमन्त्री आतिशी मिश्र बन्ने भएकी छन् ।मंगलबार बसेको आम आदमी पार्टी (आप)को विधायक दलको बैठकले आतिशीलाई विधायक दलको नेता चुनेको हो ।आपका विधायक गोपाल रायका अनुसार विधान सभाले सर्वसम्मतीमा नयाँ मुख्यमन्त्रीका लागि आतिशीलाई विधायक दलको नेता चुनेको हो ।

आतिशी हाल अरविन्द केजरीवाल नेतृत्वको सरकारमा अर्थमन्त्री छिन् ।मदिरा सम्बन्धी नीतिगत भ्रष्टाचार गरेको आरोपमा जेलमा परेका दिल्लीका मुख्यमन्त्री केजरीवालले धरौटीमा रिहा भएपछि गत आइतबार पदबाट राजीनामा दिने घोषणा गरेका थिए ।

मंगलबार नै वर्तमान मुख्यमन्त्री केजरीवालले दिल्लीका उपराज्यपाल वीके सक्सेनालाई भेटेर राजीनामा दिने भएका छन् ।१३ सेप्टेम्बरबाट तिहाड जेलबाट रिहा भएका केजरीवालले गत आइतबार पार्टी कार्यकर्तालाई सम्बोधन गर्दै राजीनामा दिने घोषणा गरेका थिए ।

Related posts

इराकमा विवादित टिकटक स्टार सवादीको गोली हानी हत्या

MadhesKhabar

सबै धर्म प्रति समान व्यवहार गर्छौ : भाजपा

MadhesKhabar

महिलाको बारेमा अपमानजनक अभिव्यक्ति दिएको भन्दै बाबा रामदेव विवादमा

MadhesKhabar

Leave a Comment