Madhes Khabar
अन्तर्राष्ट्रिय

विषाक्त रक्सी पिउँदा बिहारमा २० जनाकाे मृत्यु, ३ जना पक्राउ

काठमाडौं,१कार्तिक:भारतको बिहारमा विषाक्त मदिरा सेवन गर्दा कम्तीमा २० जनाको मृत्यु भएको छ।

बिहारको सिवान जिल्लाका एसपी अमितेश कुमारले बिहीबार दिएको जानकारीअनुसार विषाक्त रक्सी पिउँदा २० जनाको ज्यान गएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

चाप्राका प्रहरी अधिकारी कुमार आशिषले घटनाको थप अनुसन्धानका लागि विशेष टोली गठन गरिएको बताए।

उनका अनुसार घटनासँग जोडिएका तीन जनालाई पक्राउ गरिएको छ। आठ जनाविरुद्ध उजुरी दर्ता गरिएको छ।

मृतकमध्ये एक जनाका आफन्तले अक्टोबर १५ मा विषाक्त मदिरा पिएपछि उनका आफन्तको स्वास्थ्य बिग्रिएको बताएका छन्।

बुधबार साँझ उनीहरूको स्वास्थ्यमा समस्या आएको र अस्पताल ल्याइएको अर्का एक बिरामीका आफन्तले बताए।साभार:उकालाे

Related posts

टाउकोमा कपाल प्रत्यारोपण गराउन खोज्दा ३७ वर्षीय इन्जिनियरको ज्यान गयो

MadhesKhabar

दिल्लीका मुख्यमन्त्री केजरिवाललाई थप १५ दिन थुनामा राख्न अदालतको आदेश

MadhesKhabar

मधेस प्रदेशमा निमावी तहको शिक्षक परिक्षामा १७ प्रतिशत मात्र उत्तीर्ण

MadhesKhabar

Leave a Comment