Madhes Khabar
अन्तर्राष्ट्रिय

दिल्लीका मुख्यमन्त्री केजरिवाललाई थप १५ दिन थुनामा राख्न अदालतको आदेश

फाइल तस्बिर।

काठमाडौं,१९चैतः भारतीय अदालतले नयाँ दिल्लीका मुख्यमन्त्रीलाई थप १५ दिन थुनामा राख्न आदेश दिएको छ ।जर्मनीको विश्व च्यानल डीडब्लूका अनुसार अदालतले केजरिवाललाई अप्रिल १५ सम्म थुनामा राख्न आदेश दिएको छ ।

मदिराको इजाजत दिने सवालमा भएको भ्रष्टाचारको आरोपमा केजरिवाल ईडीको हिरासतमा छन् ।केजरिवालले भ्रष्टाचारको आरोपको खण्डन गरेका छन् भने उनका समर्थकले झुटो मुद्दा लाइएको भन्दै प्रदर्शन गरेका छन् ।

भारतमा हुन लागेको केन्द्रीय चुनाव अगाडि भएको पक्राउलाई धेरैले चुनावी नतिजालाई तलमाथि गर्ने कोणमा अथ्र्याएका छन् ।

 

Related posts

आयो अचम्मको खबर : उपचारपछि बलिउड अभिनेता धर्मेन्द्र अस्पतालबाट डिस्चार्ज

MadhesKhabar

भारतको उत्तराखण्डमा बस दुर्घटना : कम्तिमा २२ जनाको मृत्यु,१५ घाइते

MadhesKhabar

नेपाललाई भारतले ७ सय करोड भारु अनुदान दिने

MadhesKhabar

Leave a Comment