
काठमाडौं,१९चैतः भारतीय अदालतले नयाँ दिल्लीका मुख्यमन्त्रीलाई थप १५ दिन थुनामा राख्न आदेश दिएको छ ।जर्मनीको विश्व च्यानल डीडब्लूका अनुसार अदालतले केजरिवाललाई अप्रिल १५ सम्म थुनामा राख्न आदेश दिएको छ ।
मदिराको इजाजत दिने सवालमा भएको भ्रष्टाचारको आरोपमा केजरिवाल ईडीको हिरासतमा छन् ।केजरिवालले भ्रष्टाचारको आरोपको खण्डन गरेका छन् भने उनका समर्थकले झुटो मुद्दा लाइएको भन्दै प्रदर्शन गरेका छन् ।
भारतमा हुन लागेको केन्द्रीय चुनाव अगाडि भएको पक्राउलाई धेरैले चुनावी नतिजालाई तलमाथि गर्ने कोणमा अथ्र्याएका छन् ।