Madhes Khabar
अन्तर्राष्ट्रिय

रंगशाला भत्किदा चार जनाको मृत्यु , ३० जना घाइते

मधेसखबर
वीरगन्ज,१३असार : कोलम्बियामा साँढे जुधाइ प्रतियोगिता हेर्न रङ्गशालामा भेला भएका दर्शक बस्ने कक्ष भत्किँदा चार जनाको मृत्यु भएको छ । ३० जना घाइते भएका छन् ।

कोलम्बियाको एल एस्पिनल रङ्गशालामा प्रतियोगिता चलिरहँदा काठको तीन तल्ले दर्शकदीर्घा भत्किएको बीबीसीले जनाएको छ ।

कोलम्बियामा बर्सेनि आयोजना हुने गरेको सान पेड्रो फेस्टिबलमा साँढेले हानेर कयौँको ज्यान जाने गरेको छ । राष्ट्रपति गुस्ताभो पेट्रोले यस्ता प्रतियोगितामाथि प्रतिबन्ध लगाउनुपर्ने बताएका छन् ।

Related posts

भारतले नेपाल सहितका मुलुकमा चामल निर्यातमा लगाएको प्रतिबन्ध हटायाे

MadhesKhabar

एयर इण्डिया विमान दुर्घटनामा बाँचेका एकमात्र यात्रु विश्वास कुमार के भन्छन् ?…

MadhesKhabar

मन्दिर जाँदै गरेको गाडी इनारमा खस्दा १२ जनाको मृत्यु

MadhesKhabar

Leave a Comment