Madhes Khabar
अन्तर्राष्ट्रिय

भारतले नेपाल सहितका मुलुकमा चामल निर्यातमा लगाएको प्रतिबन्ध हटायाे

वीरगन्ज ,१४ मंसिर : भारत सरकारले नेपाल सहितका मुलुकमा चामल निर्यातमा लगाएको प्रतिबन्ध  फुकुवा गरेको छ । तीन महिनापछि भारत सरकारले चामल निर्यातमाथिको प्रतिबन्ध हटाएको हो । विदेश व्यापार महानिर्देशनालय (डिजिएफटी) ले मङ्गलबार अबेर एक सूचना जारी गरेर निर्यात फुकुवा गरेको जनाएको हो ।

भारतकाे सङ्घीय वाणिज्य तथा उद्योग मन्त्रालयअन्तर्गतको डिजिएफटीले पर्याप्त आन्तरिक आपूर्ति सुनिश्चित गर्न तथा हिउँदे बालीको याममा चामलको कम उत्पादन हुने आशङ्कामा जैविक गैर–बासमती चामललगायत अन्य चामलको निर्यातमा प्रतिबन्ध लगाएको थियो ।

भारतकाे वैदेशिक व्यापार नियमन एवम्  प्रवद्र्धनमा संलग्न उक्त निकायले  त्यसबेला स्वदेशी आपूर्ति बढाउन उसिना चामलबाहेक गैर–बासमती जातका चामलमा २० प्रतिशत निर्यात शुल्कसमेत लगाएको थियो । चामलको सम्भावित अभाव हुने डर हटेपछि प्रतिबन्ध हटाइएको भारतका सरकारी अधिकारीहरूले बताएका छन् । साभार: अन्नपूर्ण पाेष्ट

Related posts

विद्यालयमा आगलागी हुँदा कम्तीमा १७ विद्यार्थीको मृत्यु

MadhesKhabar

भारतले सञ्चालनमा ल्यायो जम्मु–कश्मीर जोड्ने विश्वकै अग्लो रेल पुल

MadhesKhabar

मुस्लिम बहुल कश्मिरमा भाजपाले चुनाव नलड्ने

MadhesKhabar

Leave a Comment