Madhes Khabar
अन्तर्राष्ट्रिय

भारतले नेपाल सहितका मुलुकमा चामल निर्यातमा लगाएको प्रतिबन्ध हटायाे

वीरगन्ज ,१४ मंसिर : भारत सरकारले नेपाल सहितका मुलुकमा चामल निर्यातमा लगाएको प्रतिबन्ध  फुकुवा गरेको छ । तीन महिनापछि भारत सरकारले चामल निर्यातमाथिको प्रतिबन्ध हटाएको हो । विदेश व्यापार महानिर्देशनालय (डिजिएफटी) ले मङ्गलबार अबेर एक सूचना जारी गरेर निर्यात फुकुवा गरेको जनाएको हो ।

भारतकाे सङ्घीय वाणिज्य तथा उद्योग मन्त्रालयअन्तर्गतको डिजिएफटीले पर्याप्त आन्तरिक आपूर्ति सुनिश्चित गर्न तथा हिउँदे बालीको याममा चामलको कम उत्पादन हुने आशङ्कामा जैविक गैर–बासमती चामललगायत अन्य चामलको निर्यातमा प्रतिबन्ध लगाएको थियो ।

भारतकाे वैदेशिक व्यापार नियमन एवम्  प्रवद्र्धनमा संलग्न उक्त निकायले  त्यसबेला स्वदेशी आपूर्ति बढाउन उसिना चामलबाहेक गैर–बासमती जातका चामलमा २० प्रतिशत निर्यात शुल्कसमेत लगाएको थियो । चामलको सम्भावित अभाव हुने डर हटेपछि प्रतिबन्ध हटाइएको भारतका सरकारी अधिकारीहरूले बताएका छन् । साभार: अन्नपूर्ण पाेष्ट

Related posts

भारतकाे बिहारमा चट्याङ लागेर १९ जनाकाे मृत्यु

MadhesKhabar

वीरगन्जको महावाणिज्य दूतावसामा पनि मनाइयो भारतको ७७ औं गणतन्त्र दिवस

MadhesKhabar

बाल अस्पतालमा आक्रमण, २० भन्दा बढीको मृत्यु

MadhesKhabar

Leave a Comment