Madhes Khabar
अर्थतन्‍त्र

आफ्नै निर्णयबाट पछि हटे वीरगन्ज उद्योग वाणिज्य संघका महासचिव लाठ

वीरगन्ज,१बैशाख:वीरगन्ज उद्योग वाणिज्य संघले महासचिव आशीष लाठले दिएको राजीनामा अस्विकृत गरेको छ । संघका अध्यक्ष अनिल कुमार अग्रवालले राजीनामा अस्विकृत गरेको बताए । उनले आफु वीरगन्जभन्दा बाहिर भएको समयमा संघका महासचिव लाठले केही असमझदारी राखेर राजिनामा दिएकाेमा उक्त राजिनामा अस्वीकृत गरिएको बताए ।

शनिबार दुवै पक्षको उपस्थितीमा सहमती भएसँगै राजीनामा अस्विकृत गर्ने निस्कर्षमा पुगेको अग्रवालले बताए ।

उनले भने, ‘म काठमाण्डौमा थिए, केही असमझदारी भएको थियो । अहिले सँगै बसेर छलफल गरेपछि सहमती भएको छ । आज कार्यालय बिदा छ । भोली आइतबार कार्यालय खुलेपछि हामी आधिकारीक रुपमा प्रक्रिया पुरा गरेर राजीनामा अस्विकृत गरेको जानकारी गराउँछौ ।’

चैत२८ गते संघका अध्यक्ष अनिल अग्रवालकाे कार्यशैली प्रति आपत्ति जनाउँदै लाठले महासचिव पदबाट राजिनामा दिएका थिए।

संघकाे आर्थिक गतिविधि बारे कर्मचारीसंग जानकारी माग्दा अध्यक्ष अग्रवालले राेकेेर आँफुलाई अमानित गरेकाले पदमा बस्न नसक्ने भन्दै लाठले महासचिव पदबाट राजिनामा दिएका थिए ।

Related posts

सुनकाे भाउ अहिलेसम्मकै महङ्गाे, ताेलाकाे १ लाख १५ हजार ५ सय रुपैयाँ

MadhesKhabar

सुनको भाउमा निरन्तर गिरावट, आज मात्रै तोलामा ५ हजार २ सय रुपैयाँले घट्यो

MadhesKhabar

एक लाख १३ हजार पुग्यो सुनको मूल्य

MadhesKhabar

Leave a Comment