Madhes Khabar
अर्थतन्‍त्र

सुनकाे भाउ अहिलेसम्मकै महङ्गाे, ताेलाकाे १ लाख १५ हजार ५ सय रुपैयाँ

वीरगन्ज,३कार्तिक: नेपाली बजारमा सुनको भाउ अहिलेसम्मकै महँगाे भएको छ । सुनको भाउ आज शुक्रबार तोलामा १ लाख १५ हजार ५ सय रुपैयाँ पुगेको छ ।

आज शुक्रबार सुनको भाउ तोलामा १ हजार ८ सय रुपैयाँले बढेको हो । यसअघि हिजो बिहीबार सुनको भाउ तोलाको १ लाख १३ हजार ७ सय रुपैयाँ पुगेको थियो । यो रेकर्ड पनि तोड्दै आज शुक्रबार सुनको भाउ एक लाख १५ हजार ५ सय रुपैयाँ पुगेको हो ।

नेपाल सुन चाँदी व्यवसायी महासङ्घका पूर्व अध्यक्ष तेजरत्न शाक्यका अनुसार इजरायल र हमासबीच भइरहेको द्वन्द्वको असर सुनमा परेको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको कारोबार अस्थिर बनेको छ । यसले भाउ अझै बढ्न सक्ने अनुमान गरिएको छ ।

आज शुक्रबार चाँदीको भाउ पनि बढेको छ । तोलामा ५ रुपैयाँले बढेर चाँदी आज शुक्रबार १ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

Related posts

आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि साना तथा मझौला उद्योगको प्रबर्द्धन गर्न सरकार दृढ छ : मन्त्री रिजाल

MadhesKhabar

नेपालीको प्रतिव्यक्ति आय वार्षिक १ लाख ८२ हजार ६८३ रुपैयाँ

MadhesKhabar

वीरगञ्ज उद्योग वाणिज्य सङ्घ द्वारा नारायणी अस्पताललाई स्वास्थ्य सामाग्री हस्तान्तरण ।

MadhesKhabar

Leave a Comment