Madhes Khabar
अर्थतन्‍त्र

वीरगन्ज र कैलाली उधोग वाणिज्य संघ बिच भगिनी सम्बन्ध कायम

मधेसखबर
वीरगन्ज, ०७ भदौं : वीरगन्ज उधोग वाणिज्य संघ र कैलाली उधोग वाणिज्य संघ बिच भगिनी सम्बन्ध कायम भएको छ ।

धनगढीको कैलालीबाट कैलाली उधोग वाणिज्य संघका अध्यक्ष पुष्प राज कुँवरको नेतृत्वमा आएको उधोगी व्यपारीहरुको टोली र वीरगन्ज उद्योग वाणिज्य संघका पदाधिकारी बिच वीरगन्जमा भएको भेटघाट तथा अन्तरक्रियामा दुवै संघ बिच भगीनी सम्बन्ध कायम भएको हो ।

कार्यक्रममा वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष डाक्टर सुबोध गुप्ताले वीरगन्जको महत्व, यसले बोकेको आर्थिक, सांस्कृतिक, पर्यटकीय सम्भावनालाई बारे जानकारी गराएका थिए । त्यसक्रममा उनले पछिल्लो समय नयाँ नयाँ सरकारी नीति नियमका कारण व्यापार व्यवसायहरु धरासायी हुँदै गइरहेकोले यस्ता नीति नियमहरु सच्याउनको लागि दबाब सिर्जना गर्न निजीक्षेत्रले साझा एजेण्डा अगाडि सार्नु पर्नेमा जोड पनि दिए । उनले वीरगन्ज र कैलाली उधोग वाणिज्य संघ बीच भगिनी सम्बन्ध कायम गरेर संयुक्त रुपमा अघि बढ्नु पर्नेमा पनि जोड दिए ।

कार्यक्रममा कैलाली उधोग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले क्षेत्रीय व्यापार, व्यवसाय, पर्यटन, कृषि आदि क्षेत्रको विकास तथा विस्तारको लागि आपसी सहकार्य एंव सहयोग गर्ने, व्यापार व्यवसायका मुद्दाहरुमा नेपालभरिका चेम्बरहरु एक भएर सामूहिक प्रयास र पहल गर्दै व्यापार व्यवसाय विकास र विस्तार गर्नुपर्नेमा जोड दिए ।

भेटघाटका क्रममा कैलाली उधोग वाणिज्य संघका प्रतिनिधिहरुले राखेका संघको सदस्यता प्रदान गर्ने प्रक्रिया, सीमा व्यापारका समस्या, बैंक तथा वित्तीय क्षेत्रका समस्याका बारे वीरगन्ज उधोग वाणिज्य संघका उपाध्यक्षद्वय हरि गौतम र माधव राजपालले जवाफ दिएका थिए ।

त्यहि क्रममा वीरगन्ज र कैलाली उधोग वाणिज्य संघ बीच द्विपक्षीय व्यापार, विस्तार, आपसी समन्वय र सहकार्यका लागि भगिनी सम्बन्ध कायम गरिएको हो । उक्त स्मृति पत्रमा वीरगन्ज उधोग वाणिज्य संघका तर्फबाट अध्यक्ष गुप्ता र कैलाली उधोग वाणिज्य संघको तर्फबाट अध्यक्ष कुँवरले हस्ताक्षर गरी आदानप्रदान समेत गरे ।

त्यस अवसरमा नेपाल उद्योग वाणिज्य महासंघ मधेश प्रदेशका अध्यक्ष गणेशप्रसाद लाठ, वीरगन्ज उधोग वाणिज्य संघका निवर्तमान अध्यक्ष गोपाल केडिया, उपाध्यक्षद्वय हरि गौतम र माधव राजपाल लगायतको उपस्थिति रहेको थियो ।

Related posts

घट्याे सुनकाे भाउ

MadhesKhabar

आलु, प्याज लगायतका तरकारी एवं फलफूलमा लाग्ने भ्याट खारेज

MadhesKhabar

राजश्व संकलनमा वीरगन्ज भन्सार सफल , सुख्खा बन्दरगाह भन्सार असफल

MadhesKhabar

Leave a Comment