Madhes Khabar
अर्थतन्‍त्र कृषि

आलु, प्याज लगायतका तरकारी एवं फलफूलमा लाग्ने भ्याट खारेज

काठमाडौं,१५जेष्ठःसरकारले आलु, प्याज, स्याउ लगायतका तरकारी एवं फलफूलमा लाग्दै आएको मूल्य अभिवृद्धि कर(भ्याट) खारेज गर्ने भएको छ। मंगलबार संघीय संसदको संयुक्त बैठकमा आगामी वर्षको बजेट प्रस्तुत गर्ने क्रममा अर्थमन्त्री बर्षमान पुनले आलु, प्याज, स्याउ लगायतका तरकारी एवं फलफूलमा लाग्दै आएको मूल्य अभिवृद्धि कर खारेजबाट स्वदेशी उत्पादन संरक्षणमा टेवा पुग्ने विश्वास व्यक्त गरेका छन्।

‘मूल्य अभिवृद्धि कर छुट दिइएका वस्तु र सेवाको सूची घटाउँदै स्वच्छ कर प्रणाली विकास गर्न र कराधार विस्तार गर्न केही वस्तुमा मूल्य अभिवृद्धि कर छुट दिने व्यवस्था खारेज गरेको छु।’उनले भने, आलु, प्याज, स्याउ लगायतका तरकारी एवं फलफूलमा लागेको मूल्य अभिवृद्धि कर खारेज गरेको छु। यसबाट स्वदेशी उत्पादन संरक्षणमा टेवा पुग्ने विश्वास लिएको छु। ’ मदिरा, वियर, सूर्ति र चुरोटमा लगाइएको अन्तः शुल्क दरमा वृद्धि गरेको अर्थमन्त्री पुनले घोषणा गरे।

 

Related posts

सरकारको विभेदले ५ वटा स्टिल उद्योग बन्द

MadhesKhabar

१० लाख टन धान र १ लाख टन चामल आयात गर्ने आपुर्ति मन्त्रालयको निर्णय

MadhesKhabar

सुनको मूल्यमा गिरावट, कतिमा हुदैंछ कारोबार ?

MadhesKhabar

Leave a Comment