Madhes Khabar
अर्थतन्‍त्र

छिन् छिनमा लाइन कट्ने समस्या सामधान गर्न उद्योग वाणिज्य संघको आग्रह

मधेसखबर
वीरगन्ज,२२जेठः वीरगन्ज उद्योग वाणिज्य संघले छिन छिनमा विद्युतको लाइन कट्ने समस्या सामधान गर्न नेपाल विद्युत प्राधिकररणसंग आग्रह गरेको छ ।
केहि हप्ता यता वीरगन्ज र यस आसपासका क्षेत्रमा छिन छिनमा विद्युतको लाइन कट्दा यसले आम उपभोक्ताले मात्र नभइ पर्सा बारा औद्योगिक कोरिडोरका उद्योगहरु प्नि नराम्ररी प्रभावित भइरहेका छन् । त्यसैले आइतबार संघले एक प्रेस विज्ञप्ति नै जारी गरेर विद्युतको आपुर्ति नियमित गर्न प्राधिकरणसंग आग्रह गरेको हो ।
संघका अध्यक्ष डाक्टर सुबोध गुप्ताले जारी गरेको विज्ञप्तिमा छिन् छिन्मा लाइन कट्ने समस्या (ट्रिपिङ्ग) ले पर्सा बारा औद्योगिक कोरिडोरका अवस्थित उद्योगहरु प्रभावित भइरहेको जनाइएको छ ।यस प्रति विद्युत प्राधिकरणको ध्यानाकर्षण गराउदै अध्यक्ष गुप्ताले तत्काल यो समस्या सामधान गर्न आग्रह गरेका छन् ।
दिनहु सात आठ पटक सम्म विद्युतको ट्रिपिङ्ग भइरहदा उद्योगहरुमा कच्चा पदार्थ नोक्सान भइरहेको , उपकरणमा क्षति पुगेको र उत्पादनको गुणस्तरमा पनि कमी आएको गुप्ताले बताएका छन् । त्यसैले यथाशिघ्र विद्युत ट्रिपिङ्गको समस्या समाधान गरी निर्वाध रुपमा सहज ढंगले नियमित विद्युत आपुर्ति गराउन अध्यक्ष गुप्ताले माग गरेका छन् ।

Related posts

अमलेखगञ्जबाट लोथरसम्म पेट्रोलियम पाइप लाइन विस्तारको काम छिट्टै सुरु हुने

MadhesKhabar

जेठ महिनाका लागि वाणिज्य बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक

MadhesKhabar

वीरगन्ज क्षेत्रमा औद्योगिक सुरक्षा बल स्थापनाका लागि पहल गर्छु : सशस्त्र प्रहरी उपरिक्षक थपलिया

MadhesKhabar

Leave a Comment