Madhes Khabar
अर्थतन्‍त्र

जेठ महिनाका लागि वाणिज्य बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक

काठमाडौं,३१बैशाखः जेठ महिनाका लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । जेठ १ गतेदेखि लागू हुनेगरि बुधबार बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका हुन् ।

हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरुको नयाँ ब्याजदर हेर्ने हो भने मुद्दती निक्षेपमा व्यक्तिगततर्फ औसत ५.९५ प्रतिशत रहेको छ । संस्थागततर्फ औसत ४.३९ प्रतिशत कायम गरिएको छ ।

जेठका लागि १४ वाणिज्य बैंकले बैशाख महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् भने ३ वटा बैंकले घटाएका छन् । ब्याजदर घटाउने बैंकहरुमा कुमारी बैंक, सिद्धार्थ बैंक र नेपाल इन्भेष्टमेन्ट मेगा बैंक रहेका छन् ।

जेठ महिनाका लागि तीन वटा वाणिज्य बैंकले ब्याजदर बढाएका छन् । जसमा एभरेष्ट बैंक, नेपाल बैंक र सानिमा बैंक रहेका छन् ।साभारः नेपालप्रेस

Related posts

मन्त्री यादवको पहलमा पर्सा बारा औधोगीक क्षेत्रको विधुत आपूर्तिमा देखिएको समस्या समाधान हुदै

MadhesKhabar

इन्धनमा गरिएको मुल्यवृद्धि तत्काल फिर्ता लिन वीरगन्ज उद्योग वाणिज्य संघको माग

MadhesKhabar

रवि प्रबन्ध निर्देशक रहेकै बेला वीरगन्जको सहकारीबाट पनि गोर्खा मिडियामा साढे ८ करोड अपचलन

MadhesKhabar

Leave a Comment