Madhes Khabar
अर्थतन्‍त्र

इन्धनमा गरिएको मुल्यवृद्धि तत्काल फिर्ता लिन वीरगन्ज उद्योग वाणिज्य संघको माग

माधुरी महत्तो
वीरगन्ज,११जेठः
वीरगन्ज उद्योग वाणिज्य संघले इन्धनमा ससरकारले गरेको मूल्य वृद्धि फिर्ता लिन माग गरेको छ ।
बुधबार संघका अध्यक्ष डाक्टर सुबोध गुप्ताले एक विज्ञप्ति जारी गर्दै , इन्धन (पेट्रोल,डिजेल,मट्टीतेल र ग्याँस) मा गरिएको मुल्य वृद्धि फिर्ता लिन सरकारसंग माग गरेका हुन् ।
विगत सात दिन यता नेपाल आयल निगमले दुई दुइ पटक गरेर पेट्रोलियम पदार्थमा प्रतिलिटर २०÷२० रुपैयाँ र खाना पकाउने एलपी ग्याँसको सिलिण्डरमा २ सय रुपैयाका दरले गरेकोे मूल्यवृद्धि कुनै पनि दृष्टिकोणबाट जायज नभएको संघको ठहर छ ।
त्यसैले इन्धनमा गरिएको मुल्यवृद्धि तत्काल फिर्ता लिन संघले माग गरेको हो ।
संघका अध्यक्ष गुप्ताले बुधबार जारी गरेको प्रेस विज्ञप्तिमा पेट्रोलियम पदार्थमा लाग्ने भन्सार महसुल घटाउनुका साथै केही वर्षदेखि बुढी गण्डकी विद्युत आयोजनाका नाममा पेट्रोलियम पदार्थमा प्रति लिटर १० रुपैयाँको दारले लिइने करलाई पनि घटाउन माग गरिएको छ ।
संघका अध्यक्ष गुप्ताले इन्धनमा मुल्यवृद्धि भएपछि ढुवानी व्यवसायीहरुले पेट्रोल÷डिजेलको मूल्य वृद्धिको अनुपातमा ढुवानी भाडा बढाउनु पर्ने भन्दै गरेको माग प्रति संघको ध्यानाकर्षण भएको बताएका छन् । गुप्ताले ढुवानी व्यवसायीलाई यस्तो सम्वेदनशील विषयमा हड्तालभन्दा वार्ताको माध्यमबाट समस्या समाधानको खोज्न आग्रह पनि गरेका छन् ।

Related posts

घट्याे डिजल र मट्टीतेलकाे मूल्य

MadhesKhabar

पर्सा मदिरा व्यवसायी संघको अध्यक्षमा पटेल

MadhesKhabar

सुनकाे मूल्यमा नयाँ रेकर्ड कायम

MadhesKhabar

Leave a Comment