Madhes Khabar
अर्थतन्‍त्र

पर्सा मदिरा व्यवसायी संघको अध्यक्षमा पटेल

वीरगन्ज,१०माघःपर्सा मदिरा व्यवसायी संघको अध्यक्षमा चिनिलाल पटेल चयन भएका छन् । वीरगन्जमा शनिबार सम्न्नि संघको प्रथम वार्षिक साधरणसभाबाट अध्यक्षमा पटेल सर्वसम्मत चयन भएका हुन् । यस्तै संघको उपाध्यक्षमा संदिप कुमार गुप्ता ,महासचिवमा प्रदिप कुमार लोहार ,सचिवमा रबिन्द्र प्रताप साह,कोषाध्यक्षमा राकेश कुमार साह तथा सदस्यहरुमा मनिष प्रसाद कलवार, अनिल कुमार चापागाई,राम कुमार यादव र रन्जित जैसवाल चयन भएका छन् ।

पटेलकै अध्यक्षता तथा वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतमको प्रमुख आतिथ्यतामा भएको साधरण सभामा पर्सा जिल्ला अदालत बार एशोसियसर्नका अध्यक्ष रामनारायण कुर्मी,संघका सल्लाहकार कपिलेश्वर यादव, पत्रकार तुलसी भण्डारी लगायतकाकोपनि सहभागिता थियो ।

साधरण सभामा संघका महासचिव प्रदिप लोहारले संगाठनिक प्रतिवेदन र कोषाध्यक्ष राकेश साहले आर्थिक वर्ष २०८०÷८१ को आय–व्यय विवरण तथा लेखापरीक्षण प्रतिवेदन पेश गरेकोमा दुवै प्रतिवेदन बहुमतले पारित गरिएको थियो ।

 

Related posts

वीरगन्जका उद्योगी व्यवसायीका समस्या समाधान गर्छु : उद्योगमन्त्री रिजाल

MadhesKhabar

पर्सा बाराका पेन्ट उधोगहरुको लापरवाहीले बालबालिकाको ज्यान जोखिममा

MadhesKhabar

एकैदिन तोलामा २ हजार ३०० रूपैयाँ बढ्यो सुनको भाउ

MadhesKhabar

Leave a Comment