Madhes Khabar
अर्थतन्‍त्र

विदेशमा पढ्न जानेहरूका कारण ६ महिनामै झन्डै ५९ अर्ब रुपैयाँ बाहिरियो

काठमाडाैं,२५माघ:चालु आर्थिक वर्षको ६ महिनामा नेपालबाट विदेश पढ्न जाने विद्यार्थीहरूको नाममा झन्डै ५९ अर्ब रुपैयाँ विदेशिएको छ ।

नेपाल राष्ट्र बैंकको तथ्याङ्कअनुसार गत साउनदेखि पुष मसान्तसम्म भ्रमण व्यय अन्तर्गत विदेशमा पढ्न जानेहरूले ५८ अर्ब ९५ करोड रुपैयाँ लगेका छन् ।गत आर्थिक वर्षको यहि ६ महिनामा जम्मा ३५ अर्ब ३६ करोड रुपैयाँ बाहिरिएकोमा यो वर्षको ६ महिनामै साढे २२ अर्ब रुपैयाँभन्दा धेरैले बढेको हो ।

नेपालमा विश्वविद्यालयको पढाइ गुणस्तरीय नहुँदा र पढाइअनुसारको काम नपाउँदा विद्यार्थीहरू विदेशिने क्रम बढेको छ।बाहिरिने विद्यार्थी बढेसँगै नेपालबाट अर्बाैँ रुपैयाँ पनि बाहिरिएको छ ।

शिक्षा मन्त्रालयअन्तर्गतको वैदेशिक अध्ययन शाखाका अनुसार गएको आर्थिक वर्षमा एक लाख १० हजार दुई सय १७ जनाले वैदेशिक शिक्षाका लागि अनुमति लिएका थिए । एक लाख १० हजार जना विद्यार्थीबाट गएको वर्ष एक खर्ब ४२ करोड रुपैयाँ बाहिरिएको छ ।

यसैबीच साउनदेखि पुषसम्म नेपालको खुद सेवा आय ३६ अर्ब ६ करोड रुपैयाँले घाटामा रहेको छ । यो अवधिमा विदेशीले नेपालमा ३९ अर्ब ५६ करोड रुपैयाँ खर्च गरेका छन् । तर नेपालीले विदेशमा गरेको खर्च ९२ अर्ब ८७ करोड रुपैयाँ पुगेको छ ।

Related posts

वीरगन्जका मिठाई पसलबाट मिठाई किन्दै हुनुहुन्छ भने सावधान ! फेरि भेटियाे फाेहाेर र बासी मिठाई

MadhesKhabar

नेपाली बजारमा घट्यो आइफोनको मूल्य, आइफोन १५ को सुरुवाती मूल्य १ लाख ३५ हजार

MadhesKhabar

वीरगन्जको बजारमा अचाक्ली बढ्यो हरियो तरकारीको भाउ, बजार अनुगमन गर्ने निकाय खोई ?

MadhesKhabar

Leave a Comment