Madhes Khabar
अर्थतन्‍त्र

वीरगन्जका सेकुवा होटलहरुमा अनुगमन : सरसफाई नराख्ने चार होटललाई २५ हजार जरिवाना

वीरगन्ज,६ चैतःवीरगन्जको गीता मन्दिर रोडमा रहेका होटल तथा रेष्टुरेन्टहरुमा शुक्रबार बजार अनुगमन टोलीले अनुगमन गर्दा सरसफाईमा लापरवाही भेटिएका चार वटा होटेललाई आर्थिक जरिवाना तिराएको छ ।

शुक्रबार वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगन्जका मधुलेश प्रसाद साहको नेतृत्वमा खटिएको बजार अनुगमन टोलीले अनुगमनका क्रममा फुड गार्डेन, लक्ष्मी सेकुवा होटल, नेवा सेकुवा पसल र सोखिन मःम सेन्टरमा लापरवाही भेटिएपछि जरिवाना गरेको हो ।

अनुगमनका क्रममा खाद्य स्वच्छता र भान्छामा सरसफाइ नभेटिएको , खाद्य सामग्री भण्डारण गर्ने तरिका गलत रहेको , प्रयोग हुने पानीको गुणस्तर कमसल रहेको , त्यहाँ कार्यरत कर्मचारीहरूको व्यक्तिगत सरसफाइमापनि लापरवाही रहेको भेटिएपछि ती चार वटै होटललाई २५ हजार रुपैयाँ जरिवाना गरिएको साहले जानकारी दिए ।

अनुगमन तथा निरीक्षणका क्रममा मूल्यसूची नराखिएको तथा आवश्यक कागजात अद्यावधिक नभएको पाइएपछि तत्काल सुधार गर्न निर्देशनपनि दिइएको उनले बताए ।

अनुगमन टोलीमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगञ्जका मधुलेश प्रसाद साह, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका श्रवण कुमार साह, जिल्ला प्रशासन कार्यालय पर्साका ब्रह्मदेव यादव, उपभोक्ता हित संरक्षण मञ्चका अजित भुजेल, वीरगन्ज उद्योग वाणिज्य संघका सचिव मनोज कुमार दास, जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी सहायक निरीक्षक रामबाबू प्रसाद यादव,सञ्चारकर्मी अभिलाष गुप्ता लगायतकाको सहभागिता रहेको थियो।

 

Related posts

वीरगन्जमा उद्योगीको कालाबजारी : दुइ उद्योग सिल, ९१ लाखको ड्राइफुड्स जफत

MadhesKhabar

ईन्धनको मुल्यवृद्धिसंगै सवारीसाधनको भाडा पनि बढ्यो

MadhesKhabar

भारतमा फैलिँदै कोरोना : २४ घण्टामा ४ जनाको मृत्यु

MadhesKhabar

Leave a Comment