Madhes Khabar
अर्थतन्‍त्र

ईन्धनको मुल्यवृद्धिसंगै सवारीसाधनको भाडा पनि बढ्यो


मधेशखबर
असाढ ६ ,२०७९ वीरगंज
पेट्रोलियम पदार्थमा मूल्य फेरी बढेसँगै सार्वजनिक सवारीसाधनको भाडा पनि बढेको छ।
इन्धनको मूल्य अनुसार स्वचालित प्रणाली मार्फत भाडा परिवर्तन हुने व्यवस्था अनुरूप यातायात व्यवस्था विभागले अन्तर प्रदेश यात्रुबाहक तथा मालबाहक यातायातमा ५.३ प्रतिशतदेखि अधिकतम ७.७ प्रतिशतसम्म भाडा बढाएको जनाईएको छ।
अन्तरप्रदेश सार्वजनिक यात्रुबाहक सवारी साधनमा ५.३० प्रतिशतले भाडा बढेको छ भने पहाडी सडकमा चल्ने मालबाहक सवारीमा ६.९४ प्रतिशत तथा तराईको बाटो चल्ने मालबाहक सवारीसाधनमा ७.७ प्रतिशत भाडा बढेको हो ।
स्थानीय रूटमा सञ्चालन हुने यातायातको भाडा भने यथावत रहने विभागले जनाएको छ।
नेपाल आयल निगमले आईतबार मध्यराती १२ बजेबाट लागू हुनेगरी पेट्रोलमा प्रतिलिटर २१ रूपैयाँ तथा डिजेल÷मट्टितेलमा २७ रुपैयाँ बढाएको हो । जसअनुसार पेट्रोलको भाउ लिटरको १९९ र डिजेलको १९२ रुपैयाँ पु¥याएको छ ।


यस्तै नेपाल आयल निगमलाई सोमबार पत्र बुझाउँदै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको मूल्यवृद्धिसँग सम्बन्धित सात वटा प्रश्नको जवाफ मागेको छ ।
राप्रपाले नेपालका अति विशिष्ट व्यक्तिहरुलाई वार्षिक रुपमा उपलब्ध गराउने इन्धनको परिमाण, आयाल निगमका कर्मचारीले पाउने बोनस के कति हो त्यसको जानकारी दिन पनि भनिएको छ ।
यस्तै पेट्रोल, डिजेल र मट्टितेलको कच्चा पदार्थको मूल्य, त्यसको प्रशोधनमा लाग्ने खर्च, सरकारलाई तिनु पर्ने कर, ढुवानीमा लाग्ने भाडासहितको विवरण माग गरिएको राप्रपाका प्रवक्ता एवम् सुशासन विभाग प्रमुख ज्ञानेन्द्र शाहीले जानकारी दिएका छन् ।

यस्तै बारम्बार ईन्धनको मुल्य वृद्धिका कारण सर्वसाधारणलाई सास्ती भएको भन्दै मुल्यवृद्धि विरुद्ध विरोध हुन थालेको छ । साथै ईन्धनको मुल्यवृद्धि नरोकीए आयल निगम खारेज गर्न समेत सर्वसाधारणले माग गर्दै सामाजिक संजाल लगायतका माध्यमबाट असन्तुष्टि व्यतm गर्न थालेका छन् । आम्दानी जस्ताको त्यस्तै भएपनि ईन्धन लगायतका सामाग्रीमा भईरहेको मुल्यवृद्धि नियन्त्रण गर्न सर्वसधारणले सरकारसंग माग गरीरहेका छन् ।

 

Related posts

नेपालमा भारतीय ब्रान्ड एमडीएच र एभरेस्ट मसलाको आयात र बिक्रीमा रोक

MadhesKhabar

६ वटा महानगर मध्ये सबै भन्दा कम बजेट वीरगन्ज महानगरको

MadhesKhabar

फेरि बढ्याे डिजेल र पेट्रोलकाे मूल्य

MadhesKhabar

Leave a Comment