Madhes Khabar
अर्थतन्‍त्र

भारतमा फैलिँदै कोरोना : २४ घण्टामा ४ जनाको मृत्यु

काठमाडौं,१७जेठः भारतमा फेरि कोरोना संक्रमणका घटनाहरू बढ्दै गएका छन्। भारतको स्वास्थ्य मन्त्रालयले आज(शनिबार) जारी गरेको तथ्यांक अनुसार देशमा सक्रिय कोरोना बिरामीको संख्या ३ हजार ३९५ पुगेको छ।

यस्तै पछिल्लो २४ घण्टामा ६८५ नयाँ संक्रमित बिरामी पहिचान भएका छन् भने १ हजार ४३५ बिरामी निको भएपछि अस्पतालबाट डिस्चार्ज भएका छन्।

यसैबीच पछिल्लो २४ घण्टामा संक्रमणका कारण ४ जनाको मृत्यु भएको छ। जसमा छत्तीसगढ, कर्नाटक, केरला र उत्तर प्रदेशका एक–एक जना बिरामी रहेका छन्।साभारः अन्नपूर्णपोष्ट

Related posts

दुइ दिन विदा दिने सरकारी निर्णय सच्याउन वीरगन्ज उद्योग वाणिज्य संघको माग

MadhesKhabar

सुनको मूल्य फेरि बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

MadhesKhabar

बढ्यो सेयर बजार, आज एकैदिन ३ अर्ब ४० करोडको कारोबार

MadhesKhabar

Leave a Comment