काठमाडौं,१७जेठः भारतमा फेरि कोरोना संक्रमणका घटनाहरू बढ्दै गएका छन्। भारतको स्वास्थ्य मन्त्रालयले आज(शनिबार) जारी गरेको तथ्यांक अनुसार देशमा सक्रिय कोरोना बिरामीको संख्या ३ हजार ३९५ पुगेको छ।
यस्तै पछिल्लो २४ घण्टामा ६८५ नयाँ संक्रमित बिरामी पहिचान भएका छन् भने १ हजार ४३५ बिरामी निको भएपछि अस्पतालबाट डिस्चार्ज भएका छन्।
यसैबीच पछिल्लो २४ घण्टामा संक्रमणका कारण ४ जनाको मृत्यु भएको छ। जसमा छत्तीसगढ, कर्नाटक, केरला र उत्तर प्रदेशका एक–एक जना बिरामी रहेका छन्।साभारः अन्नपूर्णपोष्ट