Madhes Khabar
अर्थतन्‍त्र

सुनको मूल्य फेरि बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

फाइल तस्बिर ।

वीरगन्ज,३०पुसः नेपाली बजारमा सुनको मूल्यमा फेरि भारी वृद्धि भएको छ । चार दिनको अन्तरालमा सुन र चाँदी दुवैको मूल्यमा तीव्र वृद्धि भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (बुधबार) एक तोला सुनको मूल्य २ लाख ७८ हजार रुपैयाँ कायम भएको छ ।यस्तै चाँदी पनि तोलाको मूल्य ५ हजार ६५५ रुपैयाँ कायम भएको छ ।

यसअघि हिजो (मंगलबार) एक तोला सुनको मूल्य २ लाख ७६ हजार ५०० रुपैयाँ र एक तोला चाँदीको मूल्य ५ हजार ३४० रुपैयाँ थियो ।

गत आइतबार प्रतितोला २ लाख ७० हजार ६०० रुपैयाँमा कारोबार भएको छापावाला सुन हिजो तोलामा ४ हजार १०० रुपैयाँले बढेर २ लाख ७४ हजार ७०० रुपैयाँ कायम भएको थियो ।

यसैगरी, चाँदीको मूल्य पनि बढेको छ । आइतबार प्रतितोला चार हजार ९९० मा खरिदबिक्री भएको एक तोला चाँदी हिजो पाँच हजार १९५ मा किनबेच भएको थियो ।

अमेरिकी डलरको उतारचढाव तथा विश्वव्यापी आर्थिक अनिश्चितताका कारण स्थानीय बजारमा सुनचाँदीको मूल्य बढेको व्यवसायीहरूले बताएका छन् ।

 

 

Related posts

सुनको भाउ अहिलेसम्मकै उच्च, तोलाको १ लाख १७ हजार

MadhesKhabar

डिजेल र मट्टीतेलको मूल्य बढ्यो

MadhesKhabar

एआईजीमा सहकुल थापा सिफारिस !

MadhesKhabar

Leave a Comment