Madhes Khabar
अर्थतन्‍त्र

दुइ दिन विदा दिने सरकारी निर्णय सच्याउन वीरगन्ज उद्योग वाणिज्य संघको माग

फाइल तस्वीर

मधेसखखबर
वीरगन्ज,०८जेठः
हप्तामा दुइ दिन सार्वजनिक विदा दिने सरकारको निर्णय सच्याउन वीरगन्ज उद्योग वाणिज्य संघले आग्रह गरेको छ ।
यहि जेठ ४ गते देखि लागु हुने गरि सरकारले हप्तामा दुइ दिन (शनिबार र आइतबार) सार्वजनिक विदा दिने निर्णय गरि लागु गरिसकेको छ ।
तर वीरगन्ज उद्योग वाणिज्य संघले भने सरकारको यो निर्णय गलत रहेको भन्दै सच्याउन सरकारसंग आग्रह गरेको हो ।
संघका अध्यक्ष डाक्टर सुबोध कुमार गुप्ताले आइतबार एक विज्ञप्ति जारी गर्दै हप्ता दुइ दिने सार्वजनिक विदा दिने सरकारको निर्णय सच्याउन माग गरेका हुन् ।
नेपाल सरकारले पेट्रोलियम उत्पादनको खपत घटाउने समेत उद्देश्यले जेठ ४ गतेदेखि हप्तामा २ दिन सार्वजनिक बिदा दिने निर्णय गरेको प्रति संघको ध्यान आकृष्ट भएको भन्दै गुप्ताले हप्तामा २ दिन सार्वजनिक बिदा दिँदा उद्योग व्यवसायमा ठूलो नकारातमक प्रभाव परिरहेको जनाएका छन् ।
संघको विज्ञप्तिमा भनिएको छ– कुनै हप्तामा बीचमा अन्य कुनै दिन विदा पर्दा हप्तै भरि सरकारी काम गराउन नसकिने र बैंक तथा वित्तीय संस्थाहरुमा समेत हप्तामा २ दिनको विदाले गर्दा समयमा बैंकिङ्ग कार्य पनि हुन सक्दैन ।
सङ्घीय राज्य र स्थानीय सरकारले बढी बिदा दिने प्रतिस्पर्धा गर्दा समग्र उद्योग, व्यवसाय, शैक्षिक, स्वास्थ्य लगायतका क्षेत्रमा नकारात्मक असर पु¥याउने भएको भन्दै संघले यो निर्णय संशोधन गरी साविक झै हप्तामा १ दिन (शनिबार) मात्र सार्वजनिक विदा दिने व्यवस्था मिलाउन सरकारसँग माग गरेको छ ।

Related posts

पर्सा र बाराका २१२ उद्योगमा निः शुल्क ’स्मार्ट इनर्जी मिटर’ जडान

MadhesKhabar

पर्सा बाराका पेन्ट उधोगहरुको लापरवाहीले बालबालिकाको ज्यान जोखिममा

MadhesKhabar

आर्थिक मन्दीले पर्सामा एकै वर्ष २३२ उद्योग खारेज

MadhesKhabar

Leave a Comment