Madhes Khabar
अर्थतन्‍त्र

पर्सा र बाराका २१२ उद्योगमा निः शुल्क ’स्मार्ट इनर्जी मिटर’ जडान

फाइल फोटो।

वीरगन्ज,९जेष्ठःनेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र वीरगन्जले पर्सा र बारा जिल्लाका २ सय १२ वटा उद्योगमा निःशुल्क ’स्मार्ट इनर्जी मिटर’ जडान गरेको छ । केन्द्रले पुरानो ’टीओडी’ (टाइम अफ डे) मिटर प्रतिस्थापन गरी ’स्मार्ट मिटर’ जडान गरेको हो ।

केन्द्रले ११ किलोभोल्ट वा योभन्दा बढी भोल्टेज ’सप्लाई’ लिएका ’एचटी मिटरिङ युनिट’ जडित (ट्रान्सफर्मर) भएको २ सय केभीदेखि २५ हजार किलोभोल्ट एम्पेर क्षमताको विद्युत् उपभोग गर्ने उद्योगमा स्मार्ट मिटर जडान गरेको हो । केन्द्रकाअनुसार उद्योगका ग्राहकको टीओडी मिटरलाई ‘शून्य दशमलव दुई एस एकुरेसी क्लास’ को स्मार्ट इनर्जी मिटर प्रतिस्थापन गर्ने नीतिअनुसार नयाँ स्मार्ट मिटर जडान गरेको हो ।

नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र वीरगन्जका प्रमुख अवधेशकुमार दुवेले प्राधिकरणको केन्द्रीय कार्यक्रमअन्तर्गत नै पर्सा र बाराका २ सय १२ वटा उद्योगमा निःशुल्क स्मार्ट इनर्जी मिटर जडान गरेको बताए । प्राधिकरणले एउटा उद्योगमा ७२ हजार रुपैयाँ पर्ने स्मार्ट इनर्जी मिटर जडान गरेको जनाएको छ ।रासस

Related posts

इन्धनमा गरिएको मुल्यवृद्धि तत्काल फिर्ता लिन वीरगन्ज उद्योग वाणिज्य संघको माग

MadhesKhabar

वीरगन्ज कलेजले खाना तथा सांस्कृतिक मेला आयाेजना गर्दै

MadhesKhabar

सुनको भाउ हालसम्मकै उच्च, तोलामै १४ सय रुपैयाँले बढ्यो

MadhesKhabar

Leave a Comment