Madhes Khabar
अर्थतन्‍त्र

वीरगन्ज कलेजले खाना तथा सांस्कृतिक मेला आयाेजना गर्दै

वीरगन्ज,१४फाल्गुन:वीरगन्जमा रहेकाे वीरगन्ज कलेजले `सिक्दै कमाउदै कार्यक्रम’ अवधारणा अनुरुप दुई दिने खाना तथा सांस्कृतिक मेला आयाेजना गर्ने भएकाे छ।साेमबार कलेज परिसरमै पत्रकार सम्मेलन गरेर कलेजका अध्यक्ष डाक्टर दिपेन्द्र कुमार चाैधरीले यही फागुन १८ र १९ गते खाना तथा सांस्कृतिक मेलाको आयोजना गर्न लागिएको जानकारी गराएका हुन्।

कलेजमा अध्यनरत विद्यार्थीहरुका लागि रात्री बजारको अवधारणा अनुरुप ‘सिक्दै कमाउदै कार्यक्रम’ अन्तर्गत दुईदिने ‘खाना तथा सांस्कृतिक मेला’को आयोजना गर्न लागिएको उनले बताए ।

फाल्गुन १८ र १९ गते दुवैदिन दिउँसो २ बजेदेखि राति १० बजेसम्म खाना तथा सांस्कृतिक मेला आयोजना गरिने उनले बताए ।दुई दिने मेलामा खानाका परिकारका ३२ वटा स्टल रहने उनले बताए ।मेलामा १५ देखि २० हजार दर्शक आउने अनुमान गरिएकाेपनि उनले जानकारी गराए।

मेलामा कलेजमा अध्ययनरत विद्यार्थीहरुको नृत्य, गीतहरुको पनि प्रस्तुती रहने पत्रकार सम्मेलनमा कलेजका प्रमुख विनोद गुप्ताले जानकारी दिए ।

विद्यार्थीहरुमा सिक्दै कमाउदै र उद्यमशिलताकाे अवधारणा विकास गर्न तथा बारा-पर्साको लोक सांस्कृतिक तथा परम्परागत खानाको प्रबर्धन गर्नका लागि मेला आयोजना गर्न लागिएको पत्रकार सम्मेलनमा अध्यक्ष चौधरीले बताए ।

Related posts

वीरगन्ज चिनी कारखानासहित बन्द उद्योगहरु चलाउन भारतकाे टाटा समूह इच्छुक

MadhesKhabar

सरकारले बढायाे डिजेल र पेट्रोलकाे मूल्य, वीरगन्जमा कति पुग्याे ?

MadhesKhabar

भारतबाट बढेर आयाे इन्धनकाे भाउ

MadhesKhabar

Leave a Comment