Madhes Khabar
अर्थतन्‍त्र

सुनको भाउ हालसम्मकै उच्च, तोलामै १४ सय रुपैयाँले बढ्यो

सांकेतिक तस्बिर।

काठमाडौं,११कार्तिकःनेपाली बजारमा आज (आइतबार)सुनको भाउ प्रतितोला १४ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १४ सय रुपैयाँले बढेर १ लाख ६७ हजाार ४०० रुपैयाँ पुगेको छ ।

सुनको यो मूल्य नेपाली बजारमा हालसम्मकै सबैभन्दा बढी हो ।यसअघि हप्ताको अन्तिम दिन अस्ति (शुक्रबार) प्रतितोला १ लाख ६६ हजार रुपैयाँ थिथयो ।

यस्तै, आज चाँदीको भाउ पनि बढेको छ । अस्ति शुक्रबारको भन्दा आज तोलामा १५ रूपैयाँ बढेर चाँदी २ हजार ८५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Related posts

उद्योगी व्यवसायीको समस्या समाधानका लागि दिनरात लागिरहेको छु : उद्योगमन्त्री रिजाल

MadhesKhabar

कर नतिर्ने वीरगन्जका १९ करदाताको सम्पति र बैंक खाता रोक्का

MadhesKhabar

वीरगन्ज महानगरकाे राजस्व संकलनमा वृद्धि

MadhesKhabar

Leave a Comment