Madhes Khabar
अर्थतन्‍त्र हेडलाइन

वीरगन्ज महानगरकाे राजस्व संकलनमा वृद्धि

वीरगन्ज,१३चैत:वीरगञ्ज महानगरले चालु आर्थिक वर्षको आठ महिनामा ३३ करोड ५६लाख ८७ हजार ७ सय ७८ रुपैयाँ राजस्व संकलन गरेको छ ।

महानगरले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३६ लाख ४१ हजार १६१ बढी राजस्व संकलन गरेको हो ।

वीरगन्ज महानगरपालिका राजस्व महाशाखा प्रमुख मनोज कर्णले चालु आर्थिक वर्षको साउनदेखि फागुनसम्म आठ महिनामा वार्षिक लक्ष्यको ४० प्रतिशतको हाराहारीमा राजस्व सङ्कलन भएको जानकारी दिए ।

आठ महिनामा महानगरले सम्पत्ति करबापत १२ करोड ११ लाख ९७ हजार र पूर्वाधार सेवाको कर उपभोगमा लाग्ने करबापत एक करोड ६८ लाख संकलन गरेको छ ।रासस

Related posts

चौरसिया र पटेललाई आशीर्वाद दिदै मतदाताले भने : जितेर लोकप्रिय काम गर्नु होला

MadhesKhabar

समाज सेवामा रुंगटा वेल फेयर सोसाइटी : छठमा गरिब विपन्न महिलाहरुलाई साडी वितरण

MadhesKhabar

जनप्रतिधिनीहरुको असहयोगका कारण पर्सा पूर्ण खोपयुक्त जिल्ला घोषणा हुन सकेन

MadhesKhabar

Leave a Comment