Madhes Khabar
अर्थतन्‍त्र हेडलाइन

वीरगन्ज महानगरकाे राजस्व संकलनमा वृद्धि

वीरगन्ज,१३चैत:वीरगञ्ज महानगरले चालु आर्थिक वर्षको आठ महिनामा ३३ करोड ५६लाख ८७ हजार ७ सय ७८ रुपैयाँ राजस्व संकलन गरेको छ ।

महानगरले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३६ लाख ४१ हजार १६१ बढी राजस्व संकलन गरेको हो ।

वीरगन्ज महानगरपालिका राजस्व महाशाखा प्रमुख मनोज कर्णले चालु आर्थिक वर्षको साउनदेखि फागुनसम्म आठ महिनामा वार्षिक लक्ष्यको ४० प्रतिशतको हाराहारीमा राजस्व सङ्कलन भएको जानकारी दिए ।

आठ महिनामा महानगरले सम्पत्ति करबापत १२ करोड ११ लाख ९७ हजार र पूर्वाधार सेवाको कर उपभोगमा लाग्ने करबापत एक करोड ६८ लाख संकलन गरेको छ ।रासस

Related posts

वीरगन्जको अलाैंमा आगलागी हुदाँ सात घर जलेर नष्ट,५४ लाखकाे धनमालकाे क्षति 

MadhesKhabar

वीरगन्जकाे आईसीपीका कर्मचारीको हड्ताल फिर्ता

MadhesKhabar

रिजाललाई स्वागत गर्दै मतदाताले भने : दलबदलु उम्मेदवारको प्रलोभनमा पर्दैनौ

MadhesKhabar

Leave a Comment