Madhes Khabar
अर्थतन्‍त्र

उद्योगी व्यवसायीको समस्या समाधानका लागि दिनरात लागिरहेको छु : उद्योगमन्त्री रिजाल

वीरगन्ज,३० चैत : उद्योग वाणिज्य तथा आपुर्तिमन्त्री रमेश रिजालले मुलुकको अर्थतन्त्रलाई सहि दिशामा फर्काउनका लागि सरकारले भग्मदुर प्रयास गरिरहेको बताएका छन् ।

बिहीबार काठमाडौंमा नेकपा (माओवदि केन्द्र) को उद्योग तथा वाणिज्य विभागले आयोजना गरेको अन्तर्कृया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री रिजालले यस्तो बताएका हुन् । उनले भने,‘ संकटमा परेको अर्थतन्त्रलाई माथि उकास्ने प्रयासमा सरकार इमान्दारितका साथ लागिरहेको छ , केहिदिनमै त्यसको परिणाम पनि देखिन्छ ।

उद्योगमन्त्री रिजालले उद्योगव्यपार र आपूर्ति क्षेत्रलाई सहज बनाउन आफु मन्त्री बनेकै दिनदेखि दिनरात खटिरहेको पनि बताए ।उनलेभने,‘ मसंग उद्योगी व्यवासायीहरुले दिनहुँ भेटेर समस्या राखिरहनु भएको छ , त्यसको समाधानका लागि म स्वंय लागेको छु, तत्कालै समाधान हुने समस्याहरु छन् भने ठाँउका ठाँउ सम्बोधन गर्ने प्रयास गर्दै आइरहेकोपनि छु ।

उद्योग र व्यापारलाई अझ बढी सहज र प्रभावकारी बनाउन तथा निर्यातलाई परिणाममुखी बनाउन केही ऐन,नियम र नितिमा सुधार गर्न पनि आवश्यक देखिएको उनले बताए ।त्यहि आवश्यकतालाई महसुस गरेर विभिन्न चरणमा मन्त्रालय स्तरीय छलफललाइ निरन्तरता दिइरहेको पनि मन्त्री रिजालले बताए । उनले भने,‘ अलि समय लाग्न सक्छ होला तर देशलाई सहि दिशामा ल्याउन हरसम्भव प्रयास रहन्छ ।

माओवदि केन्द्रको उद्योग तथा वाणिाज्य विभागका अध्यक्ष बामदेव क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रममा विज्ञहरुले विभिन्न समस्या र चुनौती समाधानका बारे आ आफनो धारणा राखेका थिए ।

Related posts

एभरेष्ट र नविल बैंकमा ग्राहकको खाताबाटै रकम चोरी

MadhesKhabar

दिपावलीमा चीन र भारतबाट ४५ करोडको झिलिमिली विधुतीय बत्ती आयात

MadhesKhabar

वीरगन्जमा रोकिएन हुन्डी कारोबार

MadhesKhabar

Leave a Comment