Madhes Khabar
स्थानिय

मेयर सिंह भन्छन् : वैभव वीरगन्ज बनाउने अभियान कुनैपनि हालतमा रोकिदैन

वीरगन्ज ,२० असार: वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले वैभव वीरगन्जज बनाउने अभियान कुनै हालतमा नरोकिने र कसैसँग सम्झौता नहुने बताएका छन् ।

वीरगन्ज महानगरपालिकाको आयोजना तथा व्रिलियन्ट युवा क्लबको संयोजनमा मंगलबार वीरगन्ज ५ मा आयोजित सार्वजनिक सुनुवाई कार्यक्रममा नगरवासीहरुले उठाएको प्रश्नको जवाफ दिँदै मेयर सिंहले आफूले गलत नगर्ने र गलत भई हाले त्यसको खुलेर विरोध गर्न नगरवासीलाई आग्रहपनि गरे।

नगरवासीहरुले समस्या उठाउने मात्र होईन, त्यसको समाधान पनि खोज्नु पर्नेमा जोड दिदै उनले वीरगन्जमा पानीको रिचार्ज नहुँदा गर्मी याममा पिउने पानीको समेत समस्या देखा परेको बताए। मेयर सिंहले वीरगन्जलाई नमुना शहरको रुपमा विकास गर्न नगरवासीको साथ र सहयोग आफूलाई अपरिहार्य रहेको बताए । नगरको सरसफाई र शिक्षा स्वास्थ्य क्षेत्रमा देखिएका विसंगतिहरुको अन्त्य गर्ने अभियानमा महानगर जुटेको भन्दै मेयर सिंहले वीरगन्जका धार्मिक तथा ऐतिहासिक क्षेत्रहरुको सौन्दर्यकरण सँगै वीरगन्जमा धार्मिक पर्यटन प्रवद्र्धनका लागि समेत महानगरपालिकाले काम गरि रहेको बताए।

कार्यक्रममा वीरगन्ज महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत लक्ष्मी पौडेलले महानगरले प्रदान गर्ने सेवा र सुविधालाई एकिकृत रुपमा नगरवासीबिच पुर्याउन ८० करोडको लागतमा ११ तल्ले कार्यालय भवन निर्माणका लागि डिपिआर समेत बनि सकेको र श्रोतको व्यवस्थापन हुन नसक्दा कार्यालय निर्माणमा समस्या भएको बताए ।

उनले महानगरपालिका कार्यालयमा कर्मचारीहरुको दरबन्दी कम हुँदा काम गर्न समस्या भएको बताउदै महानगरपालिकामा समेत विगतमा विचौलियाहरुले सेवाग्राहीलाई दुःख दिने गरेकोमा अहिले त्यस्ता गतिविधि पूर्ण रुपमा हटेको दावी गरे।

कार्यक्रममा वीरगन्ज महानगरपालिका वडा नम्बर ५ का अध्यक्ष प्रदिप चौरसियाले नगरवासीको गुनासो अनुसारको काम भएको दावी गर्दै सबैको सोचमा परिवर्तन हुनु पर्ने कुरामा जोड दिए ।

कार्यक्रममा मानव अधिकारकर्मी तथा संचारकर्मी कृष्ण खनालले वीरगन्जको सरसफाई राम्रो भएको र पहिचान समेत फेरिएको बताउदै विद्युत, नालाको व्यवस्थापनमा ध्यान दिनु पर्नेकुरामा जोड दिए । कार्यक्रममा गुनासो लिएर आएका आमा समूह तथा विभिन्न महिला समूहहरुले ५०औं बर्ष देखि आफूहरुले जनप्रतिनिधिहरुलाई भोट दिदै आएको भए पनि कुनै काम हुन नसकेको अवस्थामा अहिलेका मेयर तथा वडा अध्यक्षहरुले राम्रो काम गरेको भन्दै प्रशंसा गरेका थिए ।

रेडियो वीरगन्जका कार्यकारी अध्यक्ष ध्रुव साहले सहजिकरण गरेकाे कार्यक्रममा सेवाग्राही तथा नगरवासीलाई सोधिएको प्रश्नको जवाफ सहितको प्रतिवेदन पत्रकार ध्रुव अधिकारीले प्रस्तुत गर्नु भएको थिए ।

कार्यक्रममा स्वागत मन्तव्य व्रिलियन्ट युवा क्लवका छठु साहले गरेका थिए ।

Related posts

वीरगन्ज : मनोज ग्यासको सिलबन्दी सिलिण्डरमै भेटियो ४ किलो कम ग्यास

MadhesKhabar

पर्सामा सालको काठसहित ७ वटा साइकल बरामद,तस्करहरु फरार

MadhesKhabar

माइराम पोखरीको जग्गा अतिक्रमण गरि बनाइएका घरहरु माथि चल्यो महानगरको डोजर

MadhesKhabar

Leave a Comment