Madhes Khabar
स्थानिय हेडलाइन

व्याक्तिकाे नाममा दर्ता गराइएको ४ बिघा सार्वजनिक जग्गा जगरनाथपुर गाँउपालिकाले गरायाे फिर्ता

प्रमाेद यादव
पर्सा,१८फाल्गुन:पर्साको जगरनाथपुर गाउँपालिका वडा नम्बर ३ विजवनियामा फर्जि कागजातकाे आधारमा व्याक्तिकाे नाममा ञञञगरिएको झण्डै चार बिघा सार्वजनिक जग्गा गाँउपालिकाले फिर्ता गराएकाे छ।
साविककाे विजवानिया गाविस वडा नम्बर २ मा रहेकाे नदि किनारकाे कित्ता नम्बर ६२को तीन बिघा १८ काठ्ठा जग्गा दुई जना व्याक्तिले मालपाेत कार्यालयका कर्मचारीकाे मिलाेमताेमा आफ्नाे नाममा कायम गराएका थिए।केही वर्ष पहिले बहुदरमाई नगरपालिका वडा नम्बर २  विश्रामपुरकी चन्द्रकली कुर्मीन् र त्यही स्थानका महेन्द्र प्रसाद गोढले मालपाेत कार्यालयमा फर्जि कागजात पेश गरेर उक्त जग्गा संयुक्त रुपमा आफ्नो नाममा दर्ता गराए थिए|
यसबारेमा विजवनियाका स्थानीयले
जगरनाथपुर गाउँपालिका कार्यालयमा जानकारी गराएपछि गाउँपालिका अध्यक्ष श्रीकान्त प्रसाद यादवले मालपोत कार्यालय पर्सामा जग्गा गाँउपालिकाकाे स्वामित्वमा फिर्ता गराउन गाँउपालिकाबाट पत्र पठाए।
गाँउपालिकाले पठाएका प्रमाणसहितका कागजातकाे मालपोत कार्यालयले अध्ययन गर्दा उक्त जग्गा चन्द्रकली कुर्मीन् र महेन्द्र प्रसाद गोढको भएकाे ठहर नभएपछि उनीहरुको नाममा दर्ता गरिएको जग्गाकाे लालपुर्जा खारेज गरी फाल्गुन १५ गते जगरनाथपुर गाउँपालिकाको नाम दर्ता गरि लालपुर्जा दिएकाे गाँउपालिका अध्यक्ष यादवले बताए |
उक्त जग्गामा गाँउपालिकाले छिट्टै १५ शैय्याकाे सुविधा सम्पन्न अस्पताल निर्माण गर्ने निर्णय गर्ने  गाँउपालिका अध्यक्ष यादवले बताए।

Related posts

पर्सा : धानबारीमा लुकाएर राखिएको ४५० थान मोबाइल सशस्त्र प्रहरीद्वारा बरामद

MadhesKhabar

वीरगन्जका आसिफकाे विस्फोटक ब्याटिङमा नेपालले जित्याे वेस्ट इन्डिजविरुद्धको सिरिज

MadhesKhabar

सिमलताल दुर्घटनामा ज्यान गुमाएकाहरुको परिवारलाई पर्सागढी नगरपालिकाले ५० हजार दिने

MadhesKhabar

Leave a Comment