वीरगन्ज,३असोजःपर्साको पर्सागढी नगरपालिकाले चितवनको सिमलतालमा असार २८ गते भएको बस दुर्घटनामा परि ज्यान गुमाएका एक दम्पतिका परिवारलाई ५० हजार रुपैयाँ आर्थिक सहयोग गर्ने भएको छ ।
चितवनको सिमलतालमा असार २८ गते खसेको पहिरोले त्रिशुली नदीमा खसेर बागमती प्रदेश–०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स र बागमती प्रदेश ०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्स बस बेपत्ता भएको थियो ।उक्त दुर्घटनामा पर्सागढी नगरपालिकाका–७ निवासी ६७ वर्षीय सलिम मियाँ र उनकीी पत्नी ६६ वर्षीया जनबिया धुनियासहित ६२ जनाको मृत्यु भएको थियो ।
पर्सागढी ननगरपालिकाका मेयर तथा विपद व्यवस्थापन समितिका संयोजक गोकर्ण पाठकको अध्यक्षतामा बुधबार बसेको बैठकले ज्यान गुमाएका मियाँ र उनकी पत्नि जनबियाको किरिया खर्चबापत ५० हजार रुपैयाँ दिने निर्णय गरेको हो ।
समितिको बैठकमा उपमेयर पूजा चौधरी, वातावरण तथा विपद व्यवस्थापन शाखा प्रमुख देवकुमार गिरी, वडाध्यक्ष वीरेन्द्र महतो, नेपाल रेडक्रस सोसाइटी उपशाखा बिरुवागुठीका संयोजक मोहमद जक्रुल्लाहलगायतकोपनि सहभागिता थियो ।

